गाँजासहित नक्कल र सलमान पक्राउ

Raju Yadav Raju Yadav
|
सोमबार, पौष २९, २०८१
|
|
२ पटक हेरिएको
Shares
गाँजासहित नक्कल र सलमान पक्राउ

सारांश

  •   २९ पुस,  हेटौंडा ।
  • इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा–१९, नेवारपानीस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा सवारीसाधन चेक गर्ने क्रममा नारायणगढबाट हेटांैडा हुँदै बाराको कोहल्वीतर्फ जान आउँदै गरेको बसका यात्रीबाट गाँजा बरामद गरेको छ ।
  • ना.

२९ पुस,  हेटौंडा । इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा–१९, नेवारपानीस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा सवारीसाधन चेक गर्ने क्रममा नारायणगढबाट हेटांैडा हुँदै बाराको कोहल्वीतर्फ जान आउँदै गरेको बसका यात्रीबाट गाँजा बरामद गरेको छ ।

ना. ५ ख ५१२९ नम्बर यात्रुबाहक बसमा सवार मकवानपुर मनहरी गापा वडा–३, हाँडीखोला बस्ने वर्ष ४० का बाबु बल भनिने नक्कलबहादुर बल र हेटौंडा–११, थानाभ¥याङ बस्ने वर्ष १९ का आशीष भनिने सलमान गुरुङलाई शंका लागेर बसबाट ओराली खानतलासी गर्दा उनीहरुले बोकेको झोलाभित्र लुकाइल्याएको अवस्थामा १५ किलो ६ सय ८० ग्राम गाँजा फेला परेको हो ।  उक्त लागुऔषध गाँजा बरामद गरी आइतबार उनीहरुलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ८ दिन म्याद अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था सिर्जना गर्छौं : प्रचण्ड
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था सिर्जना गर्छौं : प्रचण्ड
राष्ट्रपति पौडेलसँग प्रचण्डको भेटवार्ता
राष्ट्रपति पौडेलसँग प्रचण्डको भेटवार्ता
बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको श*व फेला
बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको श*व फेला
देशमा छाएको अन्धकार हटाउन उज्यालो नेपाल पार्टीको विकल्प छैन
देशमा छाएको अन्धकार हटाउन उज्यालो नेपाल पार्टीको विकल्प छैन
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
ललितको सानदार बलिङमा काठमान्डु गुर्खाज १०१ रनमा अलआउट
ललितको सानदार बलिङमा काठमान्डु गुर्खाज १०१ रनमा अलआउट
यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमय दर
निर्वाचनमा नजाने ओलीको घोषणाप्रति राष्ट्रपति असन्तुष्ट
निर्वाचनमा नजाने ओलीको घोषणाप्रति राष्ट्रपति असन्तुष्ट
कर्णालीका एक दर्जन स्थानीय तहले करार कर्मचारी नराख्ने
कर्णालीका एक दर्जन स्थानीय तहले करार कर्मचारी नराख्ने
सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल
सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल