राप्रपा नेपालले राजसंस्था र हिन्दु राष्ट्रका लागि चैतदेखि आन्दोलन गर्ने
सारांश
- २० पुस, काठमाडौँ ।
- कमल थापा नेतृत्वको राप्रपा नेपालले हिन्दु राष्ट्र र राजसंस्था फर्काउन चैतदेखि आन्दोलन गर्ने निर्णय गरेको छ ।
- आज (शनिबार) सकिएको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।
२० पुस, काठमाडौँ ।कमल थापा नेतृत्वको राप्रपा नेपालले हिन्दु राष्ट्र र राजसंस्था फर्काउन चैतदेखि आन्दोलन गर्ने निर्णय गरेको छ । आज (शनिबार) सकिएको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । यस्तै आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

२०८२ मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको जनाइएको छ । अध्यक्ष थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि राप्रपा नेपालमा फर्किएका थिए । उतिबेला आफूलाई दरबार (पूर्व राजसंस्थाका सदस्य) ले हराएको भन्दै आलोचनामा उत्रिएका थिए । केही समय अब राजतन्त्र नफर्किने समेत भन्न थालेका थिए । पछिल्ला वर्षहरूमा भने उनी राजतन्त्रका पक्षमा नरम सुनिदै आएका छन् । राप्रपा नेपालले विसं २०८२ साल मंसिर दोस्रो साता पार्टीको केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ ।पार्टी प्रवक्ता बसन्तमान सिंह अधिकारीका अनुसार पार्टीको राजनीतिक कार्यपत्र, संगठन विभागको प्रतिवेदन तराई मधेस उत्थान

अभियान सम्बन्धि कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदन पनि परिमार्जनसहित पारित भएको छ । पार्टीले आगामी विसं २०८१ चैतदेखि जनसंघर्ष सुरु गर्ने निर्णय पार्टीले गरेको छ । राप्रपा नेपालले समान विचारधारा भएका दल तथा समूहसँग एकता गर्ने र एकता सम्भव नभए सहकार्य वा मोर्चा बनाएर अघि बढ्ने निर्णय पनि गरेको छ। त्यस्तै, राप्रपा नेपालले सरकारले हालसालै ल्याएको सहकारी सम्बन्धी अध्यादेश अपुरो रहेको पनि निष्कर्ष निकालेको छ। ‘सहकारी संस्था संचालनका सम्बन्धी सरकारले हालै जारी गरेको अध्यादेश अपुरो छ । सो अध्यादेशले सहकारी पिडितहरूको समस्या समाधान गर्दैन,’ पार्टी निर्णयमा भनिएको छ ।


प्रतिक्रिया