आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

Raju Yadav Raju Yadav
|
आइतबार, पौष ७, २०८१
|
|
२ पटक हेरिएको
Shares
आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

सारांश

  •   ७ पुस, धनगढी — कैलाली प्रहरीले आधा किलो सुनसहित धनगढीबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
  • प्रहरीले आइतबार धनगढीको ट्राफिक चौराहबाट भारतीय नम्बर प्लेटको कारबाट ५ सय ४९.
  • २ ग्राम सुनसहित उनीहरूलाई पक्राउ गरेको हो ।

 

७ पुस, धनगढी — कैलाली प्रहरीले आधा किलो सुनसहित धनगढीबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले आइतबार धनगढीको ट्राफिक चौराहबाट भारतीय नम्बर प्लेटको कारबाट ५ सय ४९.२ ग्राम सुनसहित उनीहरूलाई पक्राउ गरेको हो ।

यूपी ३२ जेभी ९२०० नम्बरको कारलाई चेकजाँच गर्दा गाडीभित्र राखिएको ज्याकेटको खल्तीबाट सुन फेला परेको कैलाली प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले बताए । उक्त कारमा भारतको पलिया बस्ने ४४ वर्षीय दीपक गुप्ता र ३४ वर्षीय सुमित रहेका थिए । दुवै जनालाई पक्राउ गरिएको एसपी विष्टले बताए । विष्टका अनुसार त्यसक्रममा भारतीय नागरिकबाट एक थान ल्यापटप, दुई थान मोबाइल, ४४ हजार ८१० नेपाली रुपैयाँ, १ हजार २ सय ८० भारतीय रुपैयाँ र कार नियन्त्रणमा लिइएको एसपी विष्टको भनाइ छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?