प्रधानसेनापति भारत भ्रमणमा जाँदै

Raju Yadav Raju Yadav
|
बुधबार, मंसिर १२, २०८१
|
|
२ पटक हेरिएको
Shares
प्रधानसेनापति भारत भ्रमणमा जाँदै

सारांश

  •   १२ मंसिर,  काठमाडौं ।
  • प्रधानसेनापति अशोकराज सिग्देल यही मंसिरको अन्तिम साता भारत भ्रमणमा जानुहुने भएको छ।
  • भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको निमन्त्रणामा भारत भ्रमण जान लाग्नुभएको रक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ।

१२ मंसिर,  काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल यही मंसिरको अन्तिम साता भारत भ्रमणमा जानुहुने भएको छ। भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको निमन्त्रणामा भारत भ्रमण जान लाग्नुभएको रक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ।

‘भारतीय समकक्षीले प्रधानसेनापति सिग्देललाई निमन्त्रणा दिनुभएको छ मन्त्रालयले अब मन्त्रिपरिषद्मा उक्त निर्णय लैजाने र मन्त्रिपरिषद्ले भ्रमण स्वीकृत गरेपछि उहाँ मंसिरको अन्त्यतिर भारत जानुहुने भएको छ’ –मन्त्रालय स्रोतले जानकारी दियो। प्रधानसेनापतिमा नियुक्त भएपछि सिग्देलको भारत भ्रमण पहिलो हुने भएको छ। दुई देशका सेना प्रमुखमा नियुक्त भएपछि एकअर्का देशको सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न लिने परम्परा रहेको छ।

भारत भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायतका व्यक्तिसँग भेटघाट गर्नुका साथै भारतीय सेनाको विभिन्न युनिटको समेत भ्रमण गर्नुहुने भएको छ। केही दिनअघि भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपालको पाँचदिने भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ। उहाँलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२ उपाध्यक्ष, १ महासचिव र ११ केन्द्रीय कार्यकारिणी सदस्य थप्ने जसपा नेपालको तयारी
२ उपाध्यक्ष, १ महासचिव र ११ केन्द्रीय कार्यकारिणी सदस्य थप्ने जसपा नेपालको तयारी
कांग्रेस संसदीय दलको बैठक शनिबार
कांग्रेस संसदीय दलको बैठक शनिबार
एमालेको पोलिटब्युरो बैठक दोस्रो दिन जारी, विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल
एमालेको पोलिटब्युरो बैठक दोस्रो दिन जारी, विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
गोरखा–१ को मतगणना सुरु, सुदन गुरुङले लिड गर्दै
गोरखा–१ को मतगणना सुरु, सुदन गुरुङले लिड गर्दै
प्रि-ओपन सेसनमा नेप्से ३.२९ अंकले बढ्यो
अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प
अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प
देशको अवस्था सही ढंगले विश्लेषण गर्ने बेला भयो : सभामुख घिमिरे
देशको अवस्था सही ढंगले विश्लेषण गर्ने बेला भयो : सभामुख घिमिरे
काठमाडौंको डिल्लीबजारमा एक व्यक्ति मृत फेला
काठमाडौंको डिल्लीबजारमा एक व्यक्ति मृत फेला
इरानको आणविक भण्डार नियन्त्रणमा लिने रणनीतिमा ट्रम्प प्रशासन
इरानको आणविक भण्डार नियन्त्रणमा लिने रणनीतिमा ट्रम्प प्रशासन