वर्ल्डलिङ्कले बुझायो दुई अर्ब १५ करोड बक्यौता

Raju Yadav Raju Yadav
|
शुक्रबार, कार्तिक ३०, २०८१
|
|
२ पटक हेरिएको
Shares
वर्ल्डलिङ्कले बुझायो दुई अर्ब १५ करोड बक्यौता

सारांश

  •   ३० कार्तिक, नेपालको ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई बक्यौता रकम बुझाएको छ ।
  • कम्पनीले शुक्रबार प्राधिकरणलाई रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) शुल्क बापत बुझाउनुपर्ने दुई अर्ब १५ करोड १४ लाख सात हजार ५५२ रुपैयाँ भुक्तानी गरेको हो ।
  • दूरसञ्चार ऐन २०५३ को दफा ३२ र नियमावलीको नियम २६ अनुसार दूरसञ्चार सेवाबाट भएको कुल आम्दानीको चार प्रतिशत रोयल्टी नेपाल सरकारलाई तिर्नुपर्ने व्यवस्था छ ।

३० कार्तिक, नेपालको ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई बक्यौता रकम बुझाएको छ । कम्पनीले शुक्रबार प्राधिकरणलाई रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) शुल्क बापत बुझाउनुपर्ने दुई अर्ब १५ करोड १४ लाख सात हजार ५५२ रुपैयाँ भुक्तानी गरेको हो ।

दूरसञ्चार ऐन २०५३ को दफा ३२ र नियमावलीको नियम २६ अनुसार दूरसञ्चार सेवाबाट भएको कुल आम्दानीको चार प्रतिशत रोयल्टी नेपाल सरकारलाई तिर्नुपर्ने व्यवस्था छ । तर वर्ल्डलिङ्कले कानुन विपरीत मर्मतसम्भारको रकममा कर लगाउने निर्णय भएको भन्दै सर्वोच्चमा रिट दायर गरेको थियो । रकम भुक्तानी विवाद अदालतमा लामो समयसम्म विचाराधीन रहँदा केही समय इन्टरनेट सेवा प्रवाहमा नै समस्या सिर्जना भएको थियो ।

सर्वोच्चले वर्ल्डलिङ्कको रिट खारेज गरेपछि सेवाप्रदायकबाट रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) को रकम असुल गर्ने कानुनी बाटो खुलेको थियो । प्राधिकरणका अनुसार वर्ल्डलिङ्कले रोयल्टी वापत एक अर्ब ३८ करोड ९० लाख १२ हजार २२५ रुपैयाँ बुझाएको छ । त्यसैगरी आरटीडीएफ अन्तर्गतको ७६ करोड २३ लाख ९५ हजार ३२७ रुपैयाँ भुक्तानी गरेको हो । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार वर्ल्डलिङ्कले बक्यौता रकम बुझाएपछि नवीकरण र ब्याण्डविथको भुक्तानीका लागि आवश्यक सहजीकरणको प्रक्रिया अघि बढ्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोसीसहित १३ नदीले गर्‍यो सतर्कता तह पार, आसपासका क्षेत्रमा उच्च खतरा
प्राविधिक शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री सिंह
प्राविधिक शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री सिंह
उखुको न्युनतम खरिद मूल्य तोकियो, किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने
उखुको न्युनतम खरिद मूल्य तोकियो, किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने
एकतर्फी सञ्चालनमा आयो दाउन्ने सडक
एकतर्फी सञ्चालनमा आयो दाउन्ने सडक
दानव खोलामा बेपत्ता तीन मध्य एक बालक मृत फेला
दानव खोलामा बेपत्ता तीन मध्य एक बालक मृत फेला
सुनको मूल्य निरन्तर उकालो : आज तोलाको रू एक लाख ८७ हजार कायम
सुनको मूल्य निरन्तर उकालो : आज तोलाको रू एक लाख ८७ हजार कायम
राजावादीहरूलाई रिङरोडबाट भित्र छिर्न नदिन बानेश्वर-तीनकुने सडकमा प्रहरीले लगायो बार
राजावादीहरूलाई रिङरोडबाट भित्र छिर्न नदिन बानेश्वर-तीनकुने सडकमा प्रहरीले लगायो बार
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान
रौतहटमा उम्मेदवारी दर्ताको तयारी पूरा, सुरक्षा व्यवस्था कडा
रौतहटमा उम्मेदवारी दर्ताको तयारी पूरा, सुरक्षा व्यवस्था कडा
भारतको जम्मु–कश्मिरमा पर्यटकमाथि हमला, कम्तीमा २६ को मृत्यु
भारतको जम्मु–कश्मिरमा पर्यटकमाथि हमला, कम्तीमा २६ को मृत्यु