माडवाडी सेवा समितिद्वारा उच्च अदालतमा मुद्दा दायर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक १, २०८१
|
|
२ पटक हेरिएको
Shares
माडवाडी सेवा समितिद्वारा उच्च अदालतमा मुद्दा दायर

सारांश

  •   १ कार्तिक काठमाडौँ ।
  • पशुपति गौशाला धर्मशालामा आफ्नो मोहियानी हक खोज्दै माडवाडी सेवा समितिले उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएका छन् ।
  • समितिका अध्यक्ष प्रमोद चौधरीले निषेधाज्ञा माग गर्दै मुद्दा दर्ता गरेको जानकारी दिए ।

१ कार्तिक काठमाडौँ । पशुपति गौशाला धर्मशालामा आफ्नो मोहियानी हक खोज्दै माडवाडी सेवा समितिले उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएका छन् ।

समितिका अध्यक्ष प्रमोद चौधरीले निषेधाज्ञा माग गर्दै मुद्दा दर्ता गरेको जानकारी दिए । अध्यक्ष चौधरीले भने–हामी कानुनको राजमा चलेका हौ, सम्मानित अदालतले जे आदेश दिन्छ त्यो स्वीकार्न तयार छौ ।  पशुपतिक्षेत्र विकास कोषले धर्मशाला खाली गर्न आग्रह गर्दै काठमाडौ महानगरपालिकासंग गुहार मागेको थियो । कामपाले दैनिकजसो जोडर लिएर धर्मशालमा ब्यानर राख्न थालेपछि समिति र महानगरबीच विवाद भएको थियो । सो विवाद पछि प्रहरीले कामपाको डोजर  नियन्त्रणमा लिएको थियो ।

कोषले धर्मशाला खाली गरेर कामपालाई सञ्चालन गर्न दिनुपर्ने अवस्थामा कोषले महानगर प्रहरीको साथ लिएपछि कामपा र समितिबीच द्धन्द भएको थियो । समितिका अध्यक्ष चौधरीले यसअघि  २०७९ सालमा कामपाले गौशालामा  निर्माण भएको अनधिकृत संरचना हटाउन पुगेको थियो । लगत्तै  कोषले मुद्धा दायर गर्दा प्रतिवादीको रुपमा कामपाले अनधिकृत नभएको र भत्काउन आवश्यक नदेखिएको उल्लेख गर्दै अदालत समक्ष पत्र पठाएको थियो–दुई वर्षअघिको घटना स्मरण गराउँदै अध्यक्ष चौधरीले भने ।

फेरि  अदालतको अवहेलान गर्दै भत्काउन खोज्जु कामपको गलत नियत देखिएको छ । सभाषद एवं  समितिका सदस्य विमल केडियाले कानुन र विधिमा चलेको मुलकमा कुनैपनि निकायले कानुनको उलंघन गर्न नहुने बताए । उनले कोष र कामपाले समितिसंग कुनैपनि सल्लाह नगरी एकाएक धर्मशाला खाली गर्न खोज्नु गलत नियत भएको बताए । ‘हामीमाथि होइन समाज, संस्कृति माथि प्रहार भएको छ । कानुनको धज्जी उडाउन खिजिएको छ । यसको हामीले विरोध गरेका हौ । कोहीमाथि आक्रमणमा उत्रिएका होइनौ’ –केडियाको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरले माग्यो आवेदन
कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरले माग्यो आवेदन
हिमाल मानव जातिका साझा स्रोत हुन्ः परराष्ट्रमन्त्री
हिमाल मानव जातिका साझा स्रोत हुन्ः परराष्ट्रमन्त्री
प्रधानमन्त्री कप क्रिकेट : गण्डकीद्वारा सुदूरपश्चिमलाई २२१ रनको लक्ष्य
प्रधानमन्त्री कप क्रिकेट : गण्डकीद्वारा सुदूरपश्चिमलाई २२१ रनको लक्ष्य
पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता
पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता
विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रमा सहमति
विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रमा सहमति
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीनमहिने अभियान
पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीनमहिने अभियान
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
कांग्रेसमा वैधानिकता विवाद: देउवा पक्ष पुगे निर्वाचन आयोग
कांग्रेसमा वैधानिकता विवाद: देउवा पक्ष पुगे निर्वाचन आयोग