तलब नपाएपछि प्रादेशिक अस्पताल मलंगवाका चिकित्सा अधिकृतद्वारा ज्ञापनपत्र, सेवा अवरुद्ध गर्ने चेतावनी

Raju Yadav Raju Yadav
|
मंगलबार, आश्विन २९, २०८१
|
|
२ पटक हेरिएको
Shares
तलब नपाएपछि प्रादेशिक अस्पताल मलंगवाका चिकित्सा अधिकृतद्वारा ज्ञापनपत्र, सेवा अवरुद्ध गर्ने चेतावनी

सारांश

  •   २९ असोज , सर्लाही ।
  • मलंगवा – मधेस प्रदेश अन्तर्गत प्रादेशिक अस्पताल मलंगवामा कार्यरत छात्रवृत्ति करारमा रहेका चिकित्सा अधिकृतहरुले हालसम्म तलव भुक्तानी नपाएको भन्दै असन्तुष्टि जनाएका छन्।
  •   डाक्टरहरुले प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अस्पताल प्रसाशन मार्फत ज्ञापनपत्र बुझाउँदै विगत श्रावण महिनादेखि तलब नपाएको कारण चिन्तित र निराश भएको बताएका छन्।

२९ असोज , सर्लाही । मलंगवा – मधेस प्रदेश अन्तर्गत प्रादेशिक अस्पताल मलंगवामा कार्यरत छात्रवृत्ति करारमा रहेका चिकित्सा अधिकृतहरुले हालसम्म तलव भुक्तानी नपाएको भन्दै असन्तुष्टि जनाएका छन्।  डाक्टरहरुले प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अस्पताल प्रसाशन मार्फत ज्ञापनपत्र बुझाउँदै विगत श्रावण महिनादेखि तलब नपाएको कारण चिन्तित र निराश भएको बताएका छन्।

डा. पुरुषोत्तम प्रसाद यादव, डा. अमित कुमार ठाकुर, डा. अञ्जली कुमारी सागर, डा. सुजित शाह, डा. अनिल शाह लगायत अन्य चिकित्सकहरु ओपीडी, इमरजेन्सी सेवा, प्रसुती सेवा तथा अन्य महत्त्वपूर्ण विभागमा समर्पण र इमान्दारीका साथ कार्यरत छन्। तर तलब भुक्तानी नहुँदा व्यक्तिगत जीवनमा आर्थिक दबाब परेको उनीहरुको गुनासो छ। चिकित्सकहरुले असोज ३० गतेसम्म तलब भुक्तानी हुने लेखित प्रतिवद्धता माग गरेका छन्, अन्यथा कार्तिक १ गतेदेखि ओपीडी, आपत्कालीन सेवा, एसएनसीयू, प्रसुती विभाग लगायत अन्य सेवा बन्द गर्ने चेतावनी दिएका छन्।

अस्पतालका अन्य चिकित्सा अधिकृतहरु डा. बिपुल कुमार झा, डा. मनिष साह, डा. संदिप कुमार रौनियार, डा. ओम सहनी लगायतले अस्पताल प्रशासन मार्फत यो चेतावनी सहितको ज्ञापनपत्र बुझाएका हुन्। उनीहरुले यो समयमा उनीहरुको तलब भुक्तानीमा देखाइएको अस्थिरताले उनीहरु आफ्नो काममा निरन्तरता दिन असमर्थ भएको उल्लेख गरेका छन्। प्रदेशका स्वास्थ्य अधिकारीहरुले यो विषयमा तुरुन्तै संज्ञान लिई समाधानको पहल नगरे चिकित्सकहरु सेवा बन्द गरेर विरोध गर्न बाध्य हुने बताएका छन्।

ज्ञापनपत्र

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै
एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै
आज कुन विदेशी मुद्राको भाउ कति ?
आज कुन विदेशी मुद्राको भाउ कति ?
डेढ करोड अकुत आर्जन अभियोगमा भोजपुरका डिभिजन वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
डेढ करोड अकुत आर्जन अभियोगमा भोजपुरका डिभिजन वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा
राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा
कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन
कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन
मृतक जेनजी पुस्ताको संख्या १६ पुग्यो, गम्भिर घाइते एम्बुलेन्सले मात्रै ५० बढि ओसारेको दाबी
मृतक जेनजी पुस्ताको संख्या १६ पुग्यो, गम्भिर घाइते एम्बुलेन्सले मात्रै ५० बढि ओसारेको दाबी
चीनले १० करोड बराबरको राहत सामग्री सहयोग गर्ने
चीनले १० करोड बराबरको राहत सामग्री सहयोग गर्ने
डिआइजी घिमिरेले सम्हाले कोशी प्रदेश प्रहरीको कमाण्ड
डिआइजी घिमिरेले सम्हाले कोशी प्रदेश प्रहरीको कमाण्ड
राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल
राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल
प्रधानमन्त्री ओलीको मोदीसँग अन्तत: भेट हुदै
प्रधानमन्त्री ओलीको मोदीसँग अन्तत: भेट हुदै