तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व संकलन

Raju Yadav Raju Yadav
|
बुधबार, आश्विन ९, २०८१
|
|
२ पटक हेरिएको
Shares
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व संकलन

सारांश

  •   ९ असोज , तनहुँ- मालपोत कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ३६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
  • यो आव २०७९/८० को तुलनामा छ करोड रुपैयाँले बढी हो।
  • गत आवमा ३० करोड २१ लाख ४९ हजार चार सय ३२ रुपैयाँ संकलन गरेको कार्यालयका लेखा अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिए।

 

९ असोज , तनहुँ- मालपोत कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ३६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

यो आव २०७९/८० को तुलनामा छ करोड रुपैयाँले बढी हो। गत आवमा ३० करोड २१ लाख ४९ हजार चार सय ३२ रुपैयाँ संकलन गरेको कार्यालयका लेखा अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिए। संकलित रकममध्ये १२ करोड ८६ लाख ६७ हजार नौ सय ७४ रुपैयाँ संघीय सञ्चित कोषमा, चार करोड ९५ लाख ७५ हजार दुई सय ८३ रुपैयाँ प्रदेश सञ्चित कोषमा दाखिला भएको छ भने बाँकी १८ करोड १३ लाख आठ हजार नौ सय ७० रुपैयाँ मध्ये ६० प्रतिशत जिल्लाका १० स्थानीय पालिकामा र ४० प्रतिशत गण्डकी प्रदेश सरकारको खातामा दाखिला भएको छ।

जग्गा वर्गीकरण लागू हुँदा जिल्लाका अधिकांश जग्गा आवासीय क्षेत्रमा वर्गीकरण गरिएका कारण राजस्व संकलनमा वृद्वि भएको सो कार्यालयले जनाएको छ। कृषि जग्गाको तुलनामा आवासीय जग्गाको राजस्वदर बढी रहेकाले राजस्व वृद्वि भएको हो। बैँक तथा वित्तीय संघसंस्थाले ऋण लगानी गरी असुली गर्न नसकेपछि लिलाम गरी दाखिला खारेजी गर्दा, घरजग्गाको न्यूनतम मूल्य छाडेर धितोमा कारोबारलगायत कार्यबाट उल्लेखनीय राजस्व संकलन बढ्नुको अर्को कारण हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?