दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चले दिएन आदेश

Raju Yadav Raju Yadav
|
मंगलबार, आश्विन ८, २०८१
|
|
२ पटक हेरिएको
Shares
दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चले दिएन आदेश

सारांश

  •   ८ असोज , सर्वोच्‍च अदालतले दुर्गा प्रसाईंलाई छाड्न अस्वीकार गरेको छ।
  • न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले मंगलबार उनलाई छाड्न अस्वीकार गरेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।
  • प्रसाईंका छोरा निराजनले सर्वोच्चमा सोमबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

 

८ असोज , सर्वोच्‍च अदालतले दुर्गा प्रसाईंलाई छाड्न अस्वीकार गरेको छ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले मंगलबार उनलाई छाड्न अस्वीकार गरेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। प्रसाईंका छोरा निराजनले सर्वोच्चमा सोमबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय र साइबर ब्युरोलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

उक्त रिटमाथि सुनुवाई गर्दै मंगलबार १५ दिनभित्र विपक्षीका नाममा जबाफ पेस गर्न कारण देखाउ आदेश जारी गरेको हो। मेडिकल व्यवसायी प्रसाईंलाई साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कसुर गरेको भन्दै आइतबार पक्राउ गरेको थियो। उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरी तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिइएको थियो। उनले सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?