छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

Raju Yadav Raju Yadav
|
सोमबार, आश्विन ७, २०८१
|
|
२ पटक हेरिएको
Shares
छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

सारांश

  •   ७ असोज, पोखरा ।
  • सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल  जोशीलाई ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।
  • जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप भएको हो ।

७ असोज, पोखरा । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल  जोशीलाई ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।

जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप भएको हो । विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो । आइतबारै पक्राउ पुर्जी जारी गरेर प्रक्राउ गरी जिल्ला अदालत कास्कीमा सोमबार उपस्थित गराइएको हो । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल,

तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा जोशीलाई पक्राउ गरिएको हो । पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड रूपैयाँ गएको देखिएको छ ।त्यही गोर्खा मिडियाविरूद्ध कास्कीमा जाहेरी परेकाले जोशीलाई पोखरा ल्याइएको हो । पोखराका २२ जना सूर्यदर्शन सहकारी पीडितले गत माघ २२ गते रवि लामिछाने, दिपेश पुनसहित ४ जना र गोर्खा मिडिया प्रालिसहित १४ संस्थालाई विपक्षी बनाएर जाहेरी दिएका थिए ।

पीडितको जाहेरीलाई प्रहरीले पुरक जाहेरीका रूपमा लिएको थियो ।जोशीलाई म्याद थपका अदालतमा उपस्थित गराउँदा खबरदारीका लागि सहकारी पीडित पनि अदालत प्रांगण पुगेका थिए । त्यसअघि पीडितले रवि लामिछानेलाई पनि पक्राउ गरी अनुसन्धानमा ल्याउन जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन गरेका थिए । रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै सहिदचोकको चौतारामा भेला भएका रास्वपाका नेता कार्यकर्ता र सहकारी पीडित केही समय आमने-सामने भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विनोदको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य
विनोदको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य
माइतीघरबाट निकोलस भुसालसहित १३ जना पक्राउ
माइतीघरबाट निकोलस भुसालसहित १३ जना पक्राउ
हरी उपरीक्षक सुवास चन्द्र बोहरा प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस
हरी उपरीक्षक सुवास चन्द्र बोहरा प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस
दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत रोल्पाका बजिन्द्र मृत फेला
दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत रोल्पाका बजिन्द्र मृत फेला
प्रतिकूल मौसमले उडान प्रभावित
प्रतिकूल मौसमले उडान प्रभावित
६१.२५ अंकले बढ्यो सेयर बजार, कारोबार साढे १० अर्ब
६१.२५ अंकले बढ्यो सेयर बजार, कारोबार साढे १० अर्ब
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण
मौसम पूर्वानुमान : देशभर गर्मी बढ्ने, दुई प्रदेशमा वर्षाको सम्भावना
मौसम पूर्वानुमान : देशभर गर्मी बढ्ने, दुई प्रदेशमा वर्षाको सम्भावना
राज्य व्यवस्था समितिमा पुगे प्रधानमन्त्री, एनसेलबारे जवाफ दिने
राज्य व्यवस्था समितिमा पुगे प्रधानमन्त्री, एनसेलबारे जवाफ दिने
समाजवादी क्रान्ति र साम्राज्यवादबीच टक्कर सुरु भयो: दाहाल
समाजवादी क्रान्ति र साम्राज्यवादबीच टक्कर सुरु भयो: दाहाल