सशस्त्र प्रहरीद्वारा २ सय भन्दा बढी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा

Raju Yadav Raju Yadav
|
बुधबार, भाद्र २६, २०८१
|
|
३ पटक हेरिएको
Shares
सशस्त्र प्रहरीद्वारा २ सय भन्दा बढी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा

सारांश

  • सुनसरी जिल्लाको भोक्राहा नरसिँह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट आज (बुधबार) सशस्त्र प्रहरीले २ सय ३५ केजी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ ।
  • सोही गाउँपालिकाको फुलचोकबाट दक्षिण सीमा ईलाकातर्फ जादै गरेको बा ९ च ७१६६ नम्बरको बोलेरो गाडीमा लुकाई छिपाई राखेको अबस्थामा ८ बोरा प्रतिबन्धित लागूऔषध गाँजा बोर्डर आउट पोष्ट (बिओपी) लौकही र सुरक्षा बेश भुटाहाको टोलीले बरामद गरेको हो ।
  • सशस्त्र प्रहरीले उक्त गाडी रोक्ने क्रममा चालकले गाडी भगाउन खोज्दा नजिकैको खेतमा फसेपछि चालक भने फरार भएका थिए ।

 

२६ भदौ , काठमाडौं । सुनसरी जिल्लाको भोक्राहा नरसिँह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट आज (बुधबार) सशस्त्र प्रहरीले २ सय ३५ केजी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ ।Worldlink adsसोही गाउँपालिकाको फुलचोकबाट दक्षिण सीमा ईलाकातर्फ जादै गरेको बा ९ च ७१६६ नम्बरको बोलेरो गाडीमा लुकाई छिपाई राखेको अबस्थामा ८ बोरा प्रतिबन्धित लागूऔषध गाँजा बोर्डर आउट पोष्ट (बिओपी) लौकही र सुरक्षा बेश भुटाहाको टोलीले बरामद गरेको हो । सशस्त्र प्रहरीले उक्त गाडी रोक्ने क्रममा चालकले गाडी भगाउन खोज्दा नजिकैको खेतमा फसेपछि चालक भने फरार भएका थिए ।बरामद गाँजा र गाडी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ । यसअघि सशस्त्र प्रहरीले भाद्र २५ गते सोही जिल्लाको बराहक्षेत्र नगरपालिका–६ स्थित शिसौलीघाटबाट करीब २ सय ४५ के.जी गाँजा बरामद गरेको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?