ओलीलाई प्रचण्डको जवाफ– जनताको ‘राउन्ड किक’ कस्तो हुन्छ, अब देख्नेछन्

Raju Yadav Raju Yadav
|
बिहिबार, भाद्र २०, २०८१
|
|
२ पटक हेरिएको
Shares
ओलीलाई प्रचण्डको जवाफ– जनताको ‘राउन्ड किक’ कस्तो हुन्छ, अब देख्नेछन्

सारांश

  •   २० भदौ , पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काउँदै अब जनताको किक कस्तो हुन्छ त्यो देख्ने बताएका छन्।
  • माओवादीका सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीमै बसेका नेताले ‘प्रचण्डलाई राउन्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको बताए।
  • ‘अब जनताको राउन्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन्,’ प्रचण्डले भने।

 

२० भदौ , पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काउँदै अब जनताको किक कस्तो हुन्छ त्यो देख्ने बताएका छन्।माओवादीका सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीमै बसेका नेताले ‘प्रचण्डलाई राउन्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको बताए।‘अब जनताको राउन्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन्,’ प्रचण्डले भने। प्रधानमन्त्री ओलीले एमालेको बुधबार बसेको पोलिटब्युरो बैठकमा ‘राउन्ड किक हानेर प्रचण्डलाई सत्ताबाट निकालेको’ अभिव्यक्ति दिएका थिए। प्रचण्डले सत्तारुढ दलका नेताहरूले दिइरहेको संविधानविपरितका अभिव्यक्तिहरूको भण्डाफोर गर्न समेत कार्यकर्तालाई आह्वान गरेका छन्। सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छूट कसैलाई नभएको उल्लेख गर्दै उनले यस्ता प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने उनले बताए।‘जनयुद्धलाई संविधानले सशस्त्र संघर्ष भनेको छ तर संविधानको व्याख्यात्मक टिप्पणीमा स्पष्टसँगै सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर लेखिएको छ, त्यसमा सबै दलहरूले हस्ताक्षर गरेका छन,’ उनले भने, ‘तर अहिले कतिपय सत्तारुढ दलका नेताहरूले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्सास गर्ने गरेका छन्, संविधानविपरीत बोल्ने नेताहरूको भण्डाफोर गर्नुपर्छ। संविधानमा भएको यथार्थलाई जोडदार रूपमा जनतामा लैजानुपर्छ।’   पटकपटक सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशन नभएका कारण जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकलकाले पछिल्लोपटक आफू प्रधानमन्त्री भएका बेला पुराना निर्णय खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशन गरिएको र अब जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता पाएको प्रचण्डको भनाइ छ।

फागुन १ गते मनाउने गरिएको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने मन्त्रिपरिषद्‌बाट निर्णय गरिएको भए पनि शान्ति प्रक्रिया अझै नटुंगिएको भनेर अदालतबाट रोकिएको प्रसंग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब टीआरसी विधेयक पारित भएपछि जनयुद्धलाई राष्ट्रिय दिवसका रूपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनर्विचार गर्ने आफूले विश्वास लिएको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?