डेंगु सङ्क्रमणबाट चारजनाको मृत्यु

Raju Yadav Raju Yadav
|
मंगलबार, भाद्र १८, २०८१
|
|
२ पटक हेरिएको
Shares
डेंगु सङ्क्रमणबाट चारजनाको मृत्यु

सारांश

  •   १८ भदौ ,  काठमाडौं ।
  •   डेंगु सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ ।
  • इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) अन्तर्गतको कीटजन्य शाखाका प्रमुख डा.

 

१८ भदौ ,  काठमाडौं ।  डेंगु सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) अन्तर्गतको कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगु सङ्क्रमणबाट चार जनाको मृत्यु भएको हो । पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। देशका ७५ जिल्लामा गरी ६ हजार ८३१ जनामा डेंगु पुष्टि भएको इडिसिडीले जनाएको छ ।  इडिसिडीको तथ्याङ्कअनुसार तनहुँमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ। सोही जिल्लामा एक हजार १४९, कास्कीमा ७६४, पर्वतमा ६५७, चितवनमा ५३३, काठमाडौँमा ५५२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। त्यसैगरी गोरखामा २६२, झापामा १६८, मकवानपुरमा १२५, ललितपुरमा ११९ स्याङ्जामा ११५ जनामा डेंगु पुष्टि भएको इडिसिडीले जनाएको छ। प्रदेश अनुसारमा बागमती र गण्डकी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ। बागमती प्रदेशमा एक हजार ७२३, गण्डकी प्रदेशमा तीन हजार २२९, कोशी प्रदेशमा ८१५, लुम्बिनी प्रदेशमा ४७४, सुदूरपश्चिम प्रदेशमा ३७९, मधेश प्रदेशमा १०६ जनामा डेंगु पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार डेंगु सङ्क्रमण एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। डा. चालिसेका अनुसार एक्कासि उच्च ज्वरो आउने, मांसपेशी, टाउको तथा जोर्नी दुख्ने, थकान महसुस हुने वान्ता हुने डेंगु सङ्क्रमणका प्रमुख लक्षण हुन्। चिकित्सकका अनुसार लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगु रोगबाट बच्ने एक मात्र उपाय हो। डेंगुबाट बच्ने उपाय  पानी जम्मा गरेर राखिएको पानीको ट्याङ्की, ड्रम, बाल्टीमा लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्न डा. दाहालका आग्रह छ। पूरा शरीर ढाक्ने तथा लामो बाहुला भएका लुगा लगाउने, शरीरको खुला भागमा लामखुट्टे भगाउने मलमको प्रयोग गर्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला सुत्दा झुलको प्रयोग गर्न डा. दाहालले सुझाव दिनुभयो । घर, कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने गमलाको प्लेट, फूलदानी कुलर आदिको पानी कम्तीमा हप्तामा एक पटक फेर्न उहाँले अनुरोध गर्नुभयो।https://press4k.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा ७३ लाख अनियमितता, वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा ७३ लाख अनियमितता, वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बारा नेकपा एमालेद्वारा अध्यक्ष ओलीको रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाइयो
बारा नेकपा एमालेद्वारा अध्यक्ष ओलीको रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाइयो
बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल
बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल
सरकारसँग वार्ताका लागि तयार भयो शिक्षक महासंघ, आजै ३ बजे बस्ने
सरकारसँग वार्ताका लागि तयार भयो शिक्षक महासंघ, आजै ३ बजे बस्ने
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु
तोलामा २ हजार ८ सय रुपैयाँ बढ्यो सुन
तोलामा २ हजार ८ सय रुपैयाँ बढ्यो सुन
कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै
कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै
गुण्डुमा बनाउन थालियो ‘ओलीको नयाँ घर’ राधिकाले गरिन् शिलान्यास
गुण्डुमा बनाउन थालियो ‘ओलीको नयाँ घर’ राधिकाले गरिन् शिलान्यास
जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा
जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा
कारोबारसहित बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि
कारोबारसहित बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि