बाँके बस दुर्घटना : मृतक सङ्ख्या तीन पुग्यो

Raju Yadav Raju Yadav
|
बिहिबार, भाद्र १३, २०८१
|
|
३ पटक हेरिएको
Shares
बाँके बस दुर्घटना : मृतक सङ्ख्या तीन पुग्यो

सारांश

  • बाँकेको गनापुरमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
  • गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।
  • जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार उपचारका क्रममा दाङ, घोराहीका ३० वर्षीय बिमल राईको मृत्यु भएको छ ।

 

१३ भदौ ,नेपालगन्ज । बाँकेको गनापुरमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार उपचारका क्रममा दाङ, घोराहीका ३० वर्षीय बिमल राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका राईको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा दिउँसो मृत्यु भएको डिएसपी डाँगीले बताउनुभयो । यसअघि सोही दुर्घटनामा परेर दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुरकै २४ वर्षीय सन्तोष भुषालको भेरी अस्पतालमा मृत्यु भएको थियो ।दाङको तुलसीपुरदेखि नेपालगन्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबाहक बस कोहलपुर नेपालगन्ज सडकखण्डको गनापुरमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो । बाँकेका प्रहरी प्रवक्ता डिएसपी डाँगीका अनुसार दुर्घटनामा परेका घाइते २६ जनाको नेपालगन्ज र कोहलपुरमा उपचार भइरहेको छ । उहाँले भेरी अस्पतालमा २१ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा चार जनाको उपचार भइरहेको बताउनुभयो । घाइते एक जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भएकोमा उहाँ सामान्य घाइते भएकोले डिस्चार्ज भइसक्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?