चितवनमा पाँच सयभन्दा बढीमा डेंगु सङ्क्रमण

Raju Yadav Raju Yadav
|
सोमबार, भाद्र १०, २०८१
|
|
३ पटक हेरिएको
Shares
चितवनमा पाँच सयभन्दा बढीमा डेंगु सङ्क्रमण

सारांश

  •   १० भदौ , चितवन ।
  • चितवनका विभिन् अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेंगु सङ्क्रमण देखिएको छ ।
  • अस्पतालमा आएका बिरामीमध्ये दुई हजार तीन सय ९४ जनाको परीक्षण गर्दा पाँच सय ८८ जनामा डेंगु सङ्क्रमण देखिएको हो ।

 

१० भदौ , चितवन । चितवनका विभिन् अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेंगु सङ्क्रमण देखिएको छ ।अस्पतालमा आएका बिरामीमध्ये दुई हजार तीन सय ९४ जनाको परीक्षण गर्दा पाँच सय ८८ जनामा डेंगु सङ्क्रमण देखिएको हो ।सङ्क्रमितमध्ये चार सय १७ चितवनका छन् भने एक सय ७१ जना  जिल्लाबाहिरका रहेका जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए । उनका अनुसार लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने गर्दछ । उनले भने, “सूर्य उदाएको दुई घण्टा अघि र अस्ताउने समयमा दुई घण्टा अघि लामखुट्टेले टोक्ने गर्छ । त्यो समयमा लामखुट्टेको सम्पर्कमा जो बढी गयो त्यसैलाई सङ्क्रमणको जोखिम रहन्छ ।” साउन यता जिल्लाका सात पालिकामध्ये इच्छाकामना गाउँपालिकामा दुई सय ३६ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । यस्तै, भरतपुर महानगरपालिकामा एक सय सात, खैरहनीमा ११, रत्ननगरमा ४९, माडीमा तीन, राप्तीमा तीन र कालिका नगरपालिकामा आठ जनामा सङ्क्रमण देखिएको केसीले जानकारी दिए । उनका अनुसार जिल्लामा भेटिएका सङ्क्रमितमध्ये दुई सय २५ महिला र एक सय ९२ जना पुरुष छन् ।  वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेषगरी भदौ, असोजमा डेंगु रोग देखिने गरेको केसीले बताए । उनले भने, “अहिले साउनको सुरुआतदेखि सङ्क्रमण देखिन थालेको छ ।” यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । बर्सातको महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप हुने गरेको उनले बताए । यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की, आदिमा फुल पार्ने गर्दछ ।यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्ने निरीक्षक केसीले जानकारी दिए । डेंगु रोगको ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्ने उनले बताए । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशीहरु दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउनेलगायत लक्षण देखापर्छ ।  यस्तै, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुनेजस्ता लक्षण देखापर्ने केसीले बताए । डेंगु ज्वरो विषाणुका कारण हुने भएकाले यसको निश्चित उपचार भने नहुने उनको भनाइ छ । डेंगुबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालकुमारी घटनाको विरोधमा प्रदर्शन गर्ने ७ जना पक्राउ (तस्बिरहरू)
बालकुमारी घटनाको विरोधमा प्रदर्शन गर्ने ७ जना पक्राउ (तस्बिरहरू)
साताको अन्तिम कारोबारमा ५ अंकले घट्यो नेप्से
साताको अन्तिम कारोबारमा ५ अंकले घट्यो नेप्से
बाँकेमा आज मदिरा विक्री प्रतिबन्ध
बाँकेमा आज मदिरा विक्री प्रतिबन्ध
पार्टीभित्र एकढिक्का हुँदा कांग्रेसलाई कसैले कमजोर गर्न सक्दैन : मन्त्री लेखक
पार्टीभित्र एकढिक्का हुँदा कांग्रेसलाई कसैले कमजोर गर्न सक्दैन : मन्त्री लेखक
गायक दुर्गेश थापाले अमेरिकाका ११ शहरमा सांगीतिक प्रस्तुती दिने
गायक दुर्गेश थापाले अमेरिकाका ११ शहरमा सांगीतिक प्रस्तुती दिने
जनता समाजवादी पार्टी सर्लाहीको कार्यालय उद्घाटन सम्पन्न
जनता समाजवादी पार्टी सर्लाहीको कार्यालय उद्घाटन सम्पन्न
एलडीसी ग्र्याजुएसन सम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा प्रस्तुत
इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
मलेसियाविरुद्ध नेपाली महिला क्रिकेट टोलीको शृंखला जित
मलेसियाविरुद्ध नेपाली महिला क्रिकेट टोलीको शृंखला जित
तपस्वी दाबी गर्ने रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति ठहर
तपस्वी दाबी गर्ने रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति ठहर