चिठी लेखेर ९२ हजार माग्दै धम्की दिएको आरोपमा दुईजना पक्राउ

Raju Yadav Raju Yadav
|
आइतबार, भाद्र २, २०८१
|
|
२ पटक हेरिएको
Shares
चिठी लेखेर ९२ हजार माग्दै धम्की दिएको आरोपमा दुईजना पक्राउ

सारांश

  •   २ भदौ , काठमाडौं : महोत्तरीको जलेश्वर नगरपालिका–५ बस्ने गफुर राइनसँग अवैध रुपमा रकम माग गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा रामगोपालपुर नगरपालिका–५ घर भई जलेश्वरमा डेरा गरी बस्ने २४ वर्षीय सुनिलकुमार राउत र १९ वर्षीय करण मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए।
  • केही दिनदेखि गफुरलाई दुवै युवकले बाटोमा भेटेर चिठीमा लेखेर ९२ हजार माग गरेको र धम्की दिने भन्दै उनले प्रहरीमा उजुरी दिएका थिए।

 

२ भदौ , काठमाडौं : महोत्तरीको जलेश्वर नगरपालिका–५ बस्ने गफुर राइनसँग अवैध रुपमा रकम माग गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रामगोपालपुर नगरपालिका–५ घर भई जलेश्वरमा डेरा गरी बस्ने २४ वर्षीय सुनिलकुमार राउत र १९ वर्षीय करण मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए।

केही दिनदेखि गफुरलाई दुवै युवकले बाटोमा भेटेर चिठीमा लेखेर ९२ हजार माग गरेको र धम्की दिने भन्दै उनले प्रहरीमा उजुरी दिएका थिए।  सोही उजुरीका आधारमा प्रहरीले शनिबार दुवै युवकलाई जलेश्वर–१ स्थित महादेव मन्दिरको परिसरबाट पक्राउ गरेको हो।  दुवै युवकमाथि अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?