६६ वर्षीया वृद्धा बलात्कार आरोपमा एक जना पक्राउ
सारांश
- २४ साउन, पाल्पामा ६६ वर्षीया वृद्धामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।
- पूर्वखोला गाउँपालिका-१ बस्ने ४७ वर्षीय धनबहादुर कामी पक्राउ परेका हुन्।
- उनलाई जब्गादी चौकी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले बुधबार साँझ पक्राउ गरेको हो।
२४ साउन, पाल्पामा ६६ वर्षीया वृद्धामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। पूर्वखोला गाउँपालिका-१ बस्ने ४७ वर्षीय धनबहादुर कामी पक्राउ परेका हुन्। ![]()
उनलाई जब्गादी चौकी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले बुधबार साँझ पक्राउ गरेको हो। उनीविरूद्ध मंगलबार ती वृद्धालाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको छ। ![]()
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया