नवनियुक्त कृषिमन्त्री अधिकारीलाई मन्त्रालयको प्रवेशद्वारमै अवरोध

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ३१, २०८१
|
|
२ पटक हेरिएको
Shares
नवनियुक्त कृषिमन्त्री अधिकारीलाई मन्त्रालयको प्रवेशद्वारमै अवरोध

सारांश

  •   ३१ असार, काठमाडौँ ।
  • नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसका रामनाथ अधिकारी कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका छन् ।
  • उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

३१ असार, काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसका रामनाथ अधिकारी कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका छन् ।

उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । तर, कर्मचारीको आन्दोलनका कारण उनी पदभार ग्रहण कार्यक्रम प्रभावित बनेको छ  । धादिङ २ बाट निर्वाचित कांग्रेसका रामनाथ अधिकारी पहिलोपटक मन्त्री बनेका हुन् । तर अधिकारीले सोमबार सहजै मन्त्रालयमा कार्यभार सम्हाल्न पाएनन् । पहिलोपटक मन्त्री बनेका अधिकारीलाई कार्यभार सम्हाल्नै कठिनाइ भएको हो । सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यभार सम्हाल्न जाँदा उनले कर्मचारीको विरोधको सामना गर्नुपर्‍यो । सेवा सुविधाको माग गर्दै १६ दिनदेखि आन्दोलनमा रहेका कर्मचारीका कारण नवनियुक्त मन्त्रीलाई कार्यभार सम्हाल्न कठिनाइ भएको हो । मन्त्रालयको प्रांगणमै कर्मचारीहरू आफ्ना माग अगाडि सार्दै आन्दोलनमा छन् । यसैले मन्त्रालय पुगेका अधिकारीले आन्दोलनकारी कर्मचारीसँग कुरा गर्दै केही दिनमा समस्या समाधानको पहल गर्ने बताए ।

आन्दोलनरत कर्मचारीको कुरा सुनेपछि उनी मन्त्रीको कार्यकक्षमा नगइ क्यान्टिनमा गएका हुन् । जहाँ पार्टी निकटका नेताहरूसँग उनले छलफल गरेका थिए । अब मन्त्रिपरिषद्को पहिलो बैठकपछि मात्रै अधिकारीले पदभार ग्रहण गर्ने तयारी गरेका छन् । फुल दरबन्दीका ३२८ कर्मचारीलाई स्थायी गर्नुपर्नेसहितका माग कर्मचारीले अगाडि सारेका छन् । कर्मचारीको आन्दोलनपछि अधिकारीले पनि मन्त्रालय प्रवेश गरी जबर्जस्त पदभार ग्रहण गर्न उचित नठानेको उनी निकट स्रोतले जानकारी दियो । ‘उहाँले आन्दोलनरत कर्मचारीहरूसँग कुराकानी गरिसक्नुभएको छ । यसैले पदभार ग्रहणमा केही ढिलाइ भएको हो,’ स्रोतले भन्यो, ‘अब ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकपछि कार्यभार सम्हाल्नुहुन्छ ।’ कर्मचारी आन्दोलनमा छन् भन्ने थाहा पाएरै उनीहरूसँग अधिकारीले कुराकानी गरेका उनी निकट स्रोतले जानकारी दियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा र राप्रपालाई मन्त्री गुरुङको आग्रहः माओवादी जस्तै जिम्मेवार बन्नुस्
रास्वपा र राप्रपालाई मन्त्री गुरुङको आग्रहः माओवादी जस्तै जिम्मेवार बन्नुस्
जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक भण्डारीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा दायर
जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक भण्डारीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा दायर
अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प
अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प
गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकमा एकतर्फी आवागमन
विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकमा एकतर्फी आवागमन
स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
कर्फ्यू जारी भएपछि बानेश्वर क्षेत्रमा पुग्यो सेना
कर्फ्यू जारी भएपछि बानेश्वर क्षेत्रमा पुग्यो सेना
भक्तपुरमा भएको आगलागीमा दुई करोड २९ लाखको क्षति
भक्तपुरमा भएको आगलागीमा दुई करोड २९ लाखको क्षति
शिक्षा विधेयकमा निजी विद्यालयका ५ बुँदे माग, सञ्चालकहरूले गरे सडक आन्दोलन घोषणा
शिक्षा विधेयकमा निजी विद्यालयका ५ बुँदे माग, सञ्चालकहरूले गरे सडक आन्दोलन घोषणा
सोमबारबाट सुरु हुँदै जसपा नेपालको मधेस अधिवेशन
सोमबारबाट सुरु हुँदै जसपा नेपालको मधेस अधिवेशन