जनमत पार्टीका सचिवसहित ७ जना निलम्बनमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ २६, २०८१
|
|
२ पटक हेरिएको
Shares
जनमत पार्टीका सचिवसहित ७ जना निलम्बनमा

सारांश

  •   २६ असार, काठमाडौं ।
  • जनमत पार्टीले सचिवसहित ७ जनालाई निलम्बन गरेको छ ।
  • डा.

 

२६ असार, काठमाडौं । जनमत पार्टीले सचिवसहित ७ जनालाई निलम्बन गरेको छ ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सात जना नेतालाई तीन महिना निलम्बनको कारबाही गरेको छ । असार २० गते बसेको पार्टी केन्द्रीय अनुशासन समितिको बैठकबाट आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै उक्त निर्णय गरेको सो पार्टीले जनाएको छ । निलम्बनमा पर्नेहरुमा विशेश्वरप्रसाद (वीप)साह राष्ट्रिय सचिव, रामेश्वर यादव केन्द्रीय सदस्य, कृष्णचन्द्र साह मिर्चैया नगरपालिका सचिव, अरविन्द सहनी पुर्वजिल्ला अध्यक्ष, धिरज कामती साधारण सदस्य, अनिता कुमारी यादव वडा प्रत्याशी र दिपनारायण यादव पूर्व नगरपालिका सचिव रहेको सो पार्टीका अनुशासन विभाग समितिका सचिव अनिताकुमारी मण्डलले जनाएकी छन् । उनीहरूको निलम्बन असार २६ गतेदेखि लागु हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ