कावासोती घटनामा ​स्थानीय र प्रशासनबीच १० बुँदे सहमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३२, २०८१
|
|
३ पटक हेरिएको
Shares
कावासोती घटनामा ​स्थानीय र प्रशासनबीच १० बुँदे सहमति

सारांश

  •   ३२ जेठ, चितवन ।
  • नवलपरासी (सुस्तापूर्व)को सदरमुकाम कावासोती घटनामा स्थानीय प्रशासन र स्थानीयवासीबीच १० बुँदे सहमति भएको छ ।
  • ढल निर्माण गर्ने क्रममा बिहीबार खाल्डोमा पुरिएर तीन मजदुरको निधन भएपछि शुक्रबार कावासोती नगरपालिका कार्यालय आसपास क्षेत्र तनावग्रस्त बनेको थियो ।

 

३२ जेठ, चितवन । नवलपरासी (सुस्तापूर्व)को सदरमुकाम कावासोती घटनामा स्थानीय प्रशासन र स्थानीयवासीबीच १० बुँदे सहमति भएको छ ।

ढल निर्माण गर्ने क्रममा बिहीबार खाल्डोमा पुरिएर तीन मजदुरको निधन भएपछि शुक्रबार कावासोती नगरपालिका कार्यालय आसपास क्षेत्र तनावग्रस्त बनेको थियो । शुक्रबार दिउँसो दुई पक्षबीच मृतक परिवारका एक सदस्यलाई रोजगारी दिने तथा रोजगारी पुस्तान्तरण गर्ने, घटनास्थलमा मृतकको शिलालेख तयार गर्नेलगायतका सहमति भएको हो । ढल निर्माण गर्ने क्रममा बिहीबार ढिस्कोले पुरिएर कावासोती नगरपालिका– ५ लक्ष्मीनगर निवासी ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमाया गाहा र ३२ वर्षीया चमेली दर्लामीको मृत्यु भएको थियो ।

राजमार्ग किनारमै नाला खन्दा नगरपालिका र ठेकेदारले आवश्यक सावधानी नअपनाएको भन्दै स्थानीयले विरोध जनाएका थिए । आन्दोलनमा उत्रिएका स्थानीयले कावासोती नगरपालिका कार्यालय र मेयर विष्णुप्रसाद भुषालको घरमा समेत तोडफोड गरेका थिए । आन्दोलन नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो । घटनामा केही घाइते भएका छन् ।

यस्तो छ सहमति

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?