सशस्त्र प्रहरी द्वारा अबैध मालसामान बरामद
सारांश
- २८ जेठ, बारा।
- बाराका विभिन्न क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको अबैध मालसामान सोमबार बिरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।
- आज बिहान करिब ८ बजेको समयमा सशस्त्र प्रहरी निरीक्षक वियोपी प्रमुख माधब प्रसाद ढुङ्गेलको कमाण्डमा खटिएको मोबाईल गस्ती टोलीले जिल्ला बारा सिमरनगड ना.
२८ जेठ, बारा। बाराका विभिन्न क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको अबैध मालसामान सोमबार बिरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।
आज बिहान करिब ८ बजेको समयमा सशस्त्र प्रहरी निरीक्षक वियोपी प्रमुख माधब प्रसाद ढुङ्गेलको
कमाण्डमा खटिएको मोबाईल गस्ती टोलीले जिल्ला बारा सिमरनगड ना.पा वडा नं. ६ कबलपूरा इलाकाबाट
भारतबाट नेपाल तर्फ लुकाई छिपाई लाईरहेको अवस्थामा बरामद निम्न समानहरु खाधमल, कुस, विस्कुट, सरफ र १ थान मोटरसाइकल बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक ढुङ्गेलले जानकारी दिए।
बिगतमा पनि गेलागंज बाराले २ महिनाको अवधिमा करिब १५ लाख बराबरको अबैध मालसामान बरामद गरि बिरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया