सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओविरुद्ध पक्राउ पुर्जी जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १७, २०८१
|
|
३ पटक हेरिएको
Shares
सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओविरुद्ध पक्राउ पुर्जी जारी

सारांश

  •   १७ जेठ, काठमाडौँ ।
  • कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छोडे लगत्तै अन्य व्यक्तिमाथि अनुसन्धान सुरु भएको छ।
  • प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन समयमा नागरिकता दिने कार्यमा संलग्न व्यक्तिहरूको खोजी सुरु गरेको छ ।

 

१७ जेठ, काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छोडे लगत्तै अन्य व्यक्तिमाथि अनुसन्धान सुरु भएको छ।

प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन समयमा नागरिकता दिने कार्यमा संलग्न व्यक्तिहरूको खोजी सुरु गरेको छ । सिरोहियालाई वंशजको नागरिकता दिने निर्णयमा हस्ताक्षर गरेका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईसहित शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी गरेको हो । प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो ।

अन्य व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको विषयमा प्रश्न सोध्दा जिल्ला अदालत  धनुषाका रजिष्ट्रार कैलाश भट्टराईले आफूलाई पक्राउ पुर्जी जारी भएको बारे जानकारी नहुने बताए । प्रहरीले धेरै व्यक्तिहरूको हकमा अनुसन्धानका लागि पक्राउ गर्न पुर्जीको अनुमति लिन आउँछ सबै जानकारी नहुने उनले बताए । जिल्ला अदालतले यो गोपनीयता भङ्ग गर्ने कुरा  भएकाले बोल्न नमिल्ने र प्रहरीसँग बुझ्न आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ