इलाम २ मा ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख १६, २०८१
|
|
३ पटक हेरिएको
Shares
इलाम २ मा ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय

सारांश

  • १६ वैशाख, काठमाडौँ ।
  • उपनिर्वाचनअन्तर्गत इलाम–२ मा बिहान ११ बजेदेखि मतगणना सुरु गरिने भएको छ ।
  • आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकारी केशव घिमिरेले जानकारी दिए ।

१६ वैशाख, काठमाडौँ । उपनिर्वाचनअन्तर्गत इलाम–२ मा बिहान ११ बजेदेखि मतगणना सुरु गरिने भएको छ ।

आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकारी केशव घिमिरेले जानकारी दिए । सर्वदलीय बैठकमा सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालाहरू पनि उपस्थित थिए ।   इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा मतगणना हुने भएको हो । इलाम–२ उपनिर्वाचनमा कुल मत ६९ हजार ४२१ मत खसेको थियो । हृदयाघातका कारण सुवासचन्द्र नेम्वाङको निधनपश्चात् यस क्षेत्रमा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?