बझाङमा ५१ र इलाममा ५५ प्रतिशत मतदान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १५, २०८१
|
|
४ पटक हेरिएको
Shares
बझाङमा ५१ र इलाममा ५५ प्रतिशत मतदान

सारांश

  • इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा मतदाताको उत्साह कम देखिएको छ ।
  • शनिवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानका क्रममा इलाम क्षेत्र नम्बर २ मा ५५ प्रतिशत हाराहारी मतदान भएको छ भने बझाङको प्रदेश सभा १ मा ५१ प्रतिशत हाराहारी मतदान भएको छ ।
  • प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने–‘बझाङमा ५४ प्रतिशतसम्म मतदान होला भन्ने अपेक्षा थियो ५० देखि ५१ प्रतिशत हाराहारी होला जस्तो देखिन्छ ।

१५ वैशाख, काठमाडौँ । इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा मतदाताको उत्साह कम देखिएको छ ।

शनिवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानका क्रममा इलाम क्षेत्र नम्बर २ मा ५५ प्रतिशत हाराहारी मतदान भएको छ भने बझाङको प्रदेश सभा १ मा ५१ प्रतिशत हाराहारी मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने–‘बझाङमा ५४ प्रतिशतसम्म मतदान होला भन्ने अपेक्षा थियो ५० देखि ५१ प्रतिशत हाराहारी होला जस्तो देखिन्छ । यद्यपि अहिलेसम्म आधिकारिक विवरण आइसकेको छैन ।

इलाममा ६० प्रतिशत पुग्छ कि भन्ने अपेक्षा गरेका छौं । अधिकांश मतदान केन्द्र खाली भइसकेको छ । साँझ ६ कति मत खस्यो, कसरी मतगणना गर्छौँ भन्ने विवरण सार्वजनिक गर्नेछौँ । उनले इलामका एउटा मतदान केन्द्रमा सामान्य विवाद बाहेक अन्य सम्पूर्ण मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भएको जानकारी दिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ