गोदावरीमा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक, अध्यक्ष ओलीले गरे उद्घाटन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख ८, २०८१
|
|
२ पटक हेरिएको
Shares
गोदावरीमा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक, अध्यक्ष ओलीले गरे उद्घाटन

सारांश

  • ८ वैशाख, काठमाडौं ।
  • नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्को पहिलो बैठक ललितपुरको गोदावरीमा शुरू भएको छ ।
  • गोदावरीस्थित सनराइज सभाहलमा अध्यक्ष केपी शर्मा ओलीले परिषद्को बैठकको उद्घाटन गरेका छन् ।

८ वैशाख, काठमाडौं । नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्को पहिलो बैठक ललितपुरको गोदावरीमा शुरू भएको छ ।

गोदावरीस्थित सनराइज सभाहलमा अध्यक्ष केपी शर्मा ओलीले परिषद्को बैठकको उद्घाटन गरेका छन् । बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने एमालेले जनाएको छ। बैठकमा महाधिवेशन परिषद् सदस्य दुई हजार ७३ र तीन सय ८१ जना गरी कूल दुई हजार चार सय ५४ जना सहभागी हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

बैठकमा आइतबार प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  एमालेले प्रतिनिधि परिषद् बैठकबाट समसामयिक विषयमा राजनीतिक दृष्टिकोण सार्वजनिक गर्ने, पार्टीका अभियानका समीक्षा गर्ने, संगठनात्मक गतिविधिको विषयमा समीक्षा गर्नेसहितका कार्यक्रम राखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?