सर्लाहीमा साइकलयात्रीलाई ठक्कर दिने बसमा स्थानीयले गरे आगजनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २८, २०८०
|
|
३ पटक हेरिएको
Shares
सर्लाहीमा साइकलयात्रीलाई ठक्कर दिने बसमा स्थानीयले गरे आगजनी

सारांश

  • २८ फागुन, सर्लाही ।
  • सर्लाहीमा बसले ठक्कर दिएर साइकलयात्री दुर्घटना भएपछि स्थानीयले बसमा आगजनी गरेका छन्।
  • कविलासी नगरपालिका–१० सलेमपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा बसले एक साइकलयात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएपछि स्थानीयले बसमा आगजनी गरेका हुन्।

२८ फागुन, सर्लाही । सर्लाहीमा बसले ठक्कर दिएर साइकलयात्री दुर्घटना भएपछि स्थानीयले बसमा आगजनी गरेका छन्।

कविलासी नगरपालिका–१० सलेमपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा बसले एक साइकलयात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएपछि स्थानीयले बसमा आगजनी गरेका हुन्। ग २ ख १४४० नम्बरको बसले नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको साइकलयात्री लाई बिहान १० बजेतिर ठक्कर दिएको थियो। ठक्करबाट साइकलयात्री सर्लाही कविलासी–१० का अन्दाजी ५५ वर्षीय जुगल किशोर महतोको दाहिने खुट्टा पुनः रुपमा किचे पछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका हुन्।

महतोको उपचारको लागी प्रादेशिक अस्पताल‌ मलंगवा लगिएको थियो, थप उपचारका लागि महतोलाई काठमाडौं लैजाने तयारी भइरहेको छ। आगजनीबाट बस क्षतिग्रस्त भएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको सर्लाही प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?