क्यानडाविरूद्ध नेपालले पहिले बलिङ गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ २७, २०८०
|
|
२ पटक हेरिएको
Shares
क्यानडाविरूद्ध नेपालले पहिले बलिङ गर्ने

सारांश

  • २७ माघ, काठमाडौं।
  • क्यानडाविरूद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ।
  • त्रिवि मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा क्यानडाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो।

२७ माघ, काठमाडौं। क्यानडाविरूद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ।

त्रिवि मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा क्यानडाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो। सिरिजको पहिलो खेलमा नेपाल ७ रनले विजयी भएको थियो। आजको खेल जित्न सके नेपालले एक खेल बाँकी छँदै सिरिज आफ्नो पक्षमा पार्न सक्नेछ। अघिल्लो खेलमा नेपालका कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ गरेका थिए भने कुशल भूर्तेलले ६८ रन प्रहार गरेका थिए। अघिल्लो खेलमा नेपालले टस जित्दा पहिले ब्याटिङ गरेको थियो।

२०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो एकदिवसीय सिरिज खेलिरहेको छ। एकदिवसीय फर्म्याटका खेलमा यसअघि प्रतिस्पर्धा भए पनि नेपाल र क्याडनाले पहिलो पटक एकदिवसीय मान्यता प्राप्त खेल खेलिरहेको छ। नेपालका लागि एकदिवसीय खेलमा क्यानडा १३औं प्रतिद्वन्द्वी हो।

रोहित पौडलको कप्तानीका उत्रिने नेपाली टिममा आशिफ शेख, कुशल भूर्तेल, देव खनाल, कुशल मल्ल, भीम शार्की, आरिफ शेख, पवन शर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनील शाह छन्। साद बिन जफलरको कप्तानीमा रहेको क्यानडामा एरोन जोनसन, डिलन हेलिगर, दिलप्रित बजवा, हर्श थाकर, कलिम साना, नवनीत धलिवाल, निकोलश किर्टन, निखिल दत्त, पर्गत सिंह, शाहिद अहमदजइ, श्रीयस मोव्वा, श्रीमन्थ वीजेरत्ने, इशरजोत सोही र उदेय भगवान छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ