प्रधानमन्त्रीको सचिवालयबाट कार्यरत १३ जना हटाइए

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २, २०८०
|
|
६ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको सचिवालयबाट कार्यरत १३ जना हटाइए

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवालयमा कार्यरत १३ जना हटाइएका छन् ।
  • एक वर्षको कार्यकालको समीक्षापछि प्रचण्डले स्वकीय सचिवालयबाट १३ जना हटाएका हुन् ।
  • १ माघदेखि सचिवालयका एक स्वकीय सहसचिव, ४ जना स्वकीय उपसचिव, एक स्वकीय शाखा अधिकृत, २ जना प्रशासन सहायक, २ जना कम्प्युटर सहायक र २ जना हलुका सवारी चालक जिम्मेवारी मुक्त भएका हुन् ।

२ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवालयमा कार्यरत १३ जना हटाइएका छन् । एक वर्षको कार्यकालको समीक्षापछि प्रचण्डले स्वकीय सचिवालयबाट १३ जना हटाएका हुन् ।

१ माघदेखि सचिवालयका एक स्वकीय सहसचिव, ४ जना स्वकीय उपसचिव, एक स्वकीय शाखा अधिकृत, २ जना प्रशासन सहायक, २ जना कम्प्युटर सहायक र २ जना हलुका सवारी चालक जिम्मेवारी मुक्त भएका हुन् । प्रधामनन्त्रीका प्रमुख स्वकीय सचिव सन्तु दरैकाअनुसार स्वकीय सहसचिव रहेका नारायणप्रसाद ढुंगानासहित सचिवालयका १३ जनालाई एक वर्षको योगदानको लागि धन्यवादसहित बिदा गरिएको हो । स्वकीय उपसचिवहरु रमेशप्रसाद गुरागाईं, ओमकुमारी पौडेल, सावित्रीकुमारी अधिकारी र कलबहादुर नाथ विदा भएका छन् । स्वकीय शाखा अधिकृत लाले कुमालसँगै प्रशासन सहायकद्वय युवराज शाह र रामलाल पराजुली पनि हटाइएका छन् । कम्प्युटर सहायक बासुदेव शर्मा र खड्क योगीसँगै कार्यालय सहयोगी अविनाश वाइवा पनि प्रधानमन्त्रीको सचिवालयबाट बिदा भएका छन् । हलुका सवारी चालकहरु रमेशप्रसाद घिमिरे पवित्रबहादुर शाही पनि सचिवालयबाट हटेका छन् ।

‘प्रधामनन्त्री कार्यालयको सचिवसहित विभिन्न पदको दरबन्दी कटौती गरेर चुस्त बनाउने क्रममा सचिवालयमा पनि कटौती गरिएको हो,’ प्रमुख स्वकीय सचिव दरैले भने,‘यो प्रधामनन्त्रीको अठोट बमोजिमको सुधारको काम हो ।’ १३ जना विदाइ भएपनि सचिवालयका अत्यावश्यक ठाउँमा केही जनशक्ति पनि ल्याइने उनले बताए । सचिवालयमा राष्ट्रिय समाचार समितिबाट हरि लामिछानेलाई लगिएको छ । प्रधामनन्त्रीले अर्थ मामिलाका सल्लाहकार पनि सचिवालयमा थप्न सक्ने अधिकारीहरु बताउँछन् । अहिलेसम्म प्रधामनन्त्रीको स्वीकय सचिवालयमा ३५ जना नियुक्त भएर कार्यरत थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीज्यू, सडक होइन, सरकारमा क्षमता प्रदर्शन गर्नुस् : विश्वप्रकाश शर्मा
प्रधानमन्त्रीज्यू, सडक होइन, सरकारमा क्षमता प्रदर्शन गर्नुस् : विश्वप्रकाश शर्मा
माघ महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?
माघ महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?
सुनको मूल्यमा नयाँ कीर्तिमान
सुनको मूल्यमा नयाँ कीर्तिमान
पेरुमा यात्रुवाहक बस नदीमा खस्दा छ जनाको मृत्यु १७ जना बेपत्ता
पेरुमा यात्रुवाहक बस नदीमा खस्दा छ जनाको मृत्यु १७ जना बेपत्ता
गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन (तस्बिरहरू)
गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन (तस्बिरहरू)
सगरमाथा संवादको तयारी अन्तिम चरणमा :
सगरमाथा संवादको तयारी अन्तिम चरणमा :
तुइनखोलामा पहिरो खस्यो, पन्छाउन एक घण्टा लाग्ने
तुइनखोलामा पहिरो खस्यो, पन्छाउन एक घण्टा लाग्ने
सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ
सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ
मौसम पूर्वानुमान : यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान : यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना
छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरीमा
छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरीमा