सिन्धुलीमा मोटरसाइकललाई ठक्कर दिने बस स्थानीयले जलाए

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष ९, २०८०
|
|
३ पटक हेरिएको
Shares
सिन्धुलीमा मोटरसाइकललाई ठक्कर दिने बस स्थानीयले जलाए

सारांश

  • ९ पुस, सिन्धुली।
  • सिन्धुलीको सुनकोशी गाउँपालिकाको बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको भन्दै स्थानीयले बस तोडफोड र आगजनी गरेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ ।
  • अरनिको यातायात सेवा समितिको बागमती प्रदेश ०१–००६ ख ४५९३ नम्बरको बसमा स्थानीयले आगजनी गरेका हुन् ।

९ पुस, सिन्धुली। सिन्धुलीको सुनकोशी गाउँपालिकाको बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको भन्दै स्थानीयले बस तोडफोड र आगजनी गरेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ ।

अरनिको यातायात सेवा समितिको बागमती प्रदेश ०१–००६ ख ४५९३ नम्बरको बसमा स्थानीयले आगजनी गरेका हुन् । सो बस बा ६० प ३५४५ नम्बरको मोटरसाइकल आज बिहान सवा आठ बजे ठोक्किँदा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका–१० रुपाकोटकी १८ वर्षीया मुनाकला राई र खोटाङको तुवाचुङ नगरपालिका–२ का सुशन राईको मृत्यु भएको थियो । आगजनीबाट बस पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिएका छन । सो घटनापछि स्थानीयले बसमा आगो लगाइदिएका थिए । बसमा आगो लगाइदिएपछि केहीबेर बीपी राजमार्ग अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले अहिले भने यातायातका साधन सन्चालन भइरहेको जानकारी दिएका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उर्जा मन्त्री घिसिङ र खेलकुद मन्त्री गुप्ताद्वारा जनकपुरधामको निर्माणाधिन रंगशालाको निरीक्षण
उर्जा मन्त्री घिसिङ र खेलकुद मन्त्री गुप्ताद्वारा जनकपुरधामको निर्माणाधिन रंगशालाको निरीक्षण
कोसी प्रदेशसभामा मागियो गृहमन्त्री रमेश लेखकको राजीनामा
कोसी प्रदेशसभामा मागियो गृहमन्त्री रमेश लेखकको राजीनामा
राष्ट्र बैंकले आज बजारबाट २५ अर्ब रुपैयाँ झिक्दै
राष्ट्र बैंकले आज बजारबाट २५ अर्ब रुपैयाँ झिक्दै
व्यवसायी लामामाथि आक्रमण गरेको अभियोगमा थप एक जना पक्राउ
व्यवसायी लामामाथि आक्रमण गरेको अभियोगमा थप एक जना पक्राउ
समाजवादी क्रान्ति र साम्राज्यवादबीच टक्कर सुरु भयो: दाहाल
समाजवादी क्रान्ति र साम्राज्यवादबीच टक्कर सुरु भयो: दाहाल
मुस्ताङबाट ८३ करोडको स्याउ निकासी
मुस्ताङबाट ८३ करोडको स्याउ निकासी
कांग्रेस आकस्मिक बैठक : पूर्वमन्त्री दाहालको निधनप्रति शोक प्रस्ताव पारित
कांग्रेस आकस्मिक बैठक : पूर्वमन्त्री दाहालको निधनप्रति शोक प्रस्ताव पारित
भारतबाट आजदेखि १६ घण्टासम्म बिजुली आयात हुने
भारतबाट आजदेखि १६ घण्टासम्म बिजुली आयात हुने
रवि लामिछानेलाई दिउँसो तीन बजे नख्खु कारागार ल्याउने तयारी
रवि लामिछानेलाई दिउँसो तीन बजे नख्खु कारागार ल्याउने तयारी
प्रधानमन्त्रीसँग छलफल गर्न कांग्रेस सभापति देउवासहित शीर्ष नेता बालुवाटारमा
प्रधानमन्त्रीसँग छलफल गर्न कांग्रेस सभापति देउवासहित शीर्ष नेता बालुवाटारमा