मन्त्रिपरिषदको निर्णय : भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक १९, २०८०
|
|
२ पटक हेरिएको
Shares
मन्त्रिपरिषदको निर्णय : भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क

सारांश

  • १९ कात्तिक, काठमाडौं ।
  • सरकारले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।
  • आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।

१९ कात्तिक, काठमाडौं । सरकारले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।

‘सबै घाइतेहरुको निःशुल्क उपचार हुन्छ । जति महँगो उपचार गर्न पर्यो भने पनि निःशुल्क हुन्छ,’ बैठकपछि उनले भने । उनले निजी अस्पतालहरुमा पनि निःशुल्क उपचार गराउने प्रस्ताव आफूले राखेको बताए । अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई सरकारले तीव्रता दिने निर्णय गरेको छ । खाद्यान्न, त्रिपाल र टेन्टहरु केही प्रभावित क्षेत्रमा पुगिसकेको र केही पुग्ने क्रममा रहेको जानकारी दिँदै उनले भने, ‘खाद्यान्न वितरण आजदेखि हुँदैछ । कुनै पनि काम कम नहुने गरी सरकारले गर्ने छ ।’

२०७२ सालको भूकम्पको बेला काम गर्ने क्रममा भएका कमजोरीहरु सुधार्दै यसपटक काम गर्ने उनको भनाइ छ । भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई राहत रकमको विषयमा सोधिएको प्रश्नमा भने उनले स्पष्ट जानकारी दिएनन् । ‘पहिले तीन लाख रुपैयाँ दिइएको थियो । त्यसलाई थप गर्ने प्रस्ताव छ । तर टुंगो लागिसकेको छैन,’ उनले भने । विभिन्न देशहरुले भूकम्प पीडितहरुलाई सहयोग गर्न खोजेको भन्दै उनले कस्तो खालको सहयोग लिने भनेर सरकारले मापदण्ड बनाउने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?