नेपाल भारतसँग २३ रनले पराजित

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १६, २०८०
|
|
२ पटक हेरिएको
Shares
नेपाल भारतसँग २३ रनले पराजित

सारांश

  • १६ असोज, काठमाडौं ।
  • चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाली टोली क्वार्टरफाइलमै पराजित भएको छ ।
  • मंगलबार खेलिएको क्वार्टरफाइनलमा भारतले नेपाललाई २३ रनले हराएको हो ।

१६ असोज, काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाली टोली क्वार्टरफाइलमै पराजित भएको छ । मंगलबार खेलिएको क्वार्टरफाइनलमा भारतले नेपाललाई २३ रनले हराएको हो । हारसँगै एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त भएको छ ।

भारतले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ७९ रनमात्र बनाउन सक्यो ।  नेपालले पहिलो विकेटका रूपमा ओपनर ब्याट्सम्यान आसिफ शेखलाई गुमाएको थियो । उनी १० रन बनाउँदै पेभेलियन फर्किए । आसिफले ६ बलको सामना गरी एक छक्का र एक चौका पनि हिर्काए । उनलाई भारतीय बलर अभेष खानले विकेटपिकर जितेश शर्माद्वारा क्याच गराएका थिए । ३.४ ओभरमा उनी आउट हुँदा नेपालले २९ रन बनाएको थियो ।

दोस्रो विकेटका रूपमा नेपालले कुशल भुर्तेललाई गुमाएको थियो । भुर्तेल २८ रन बनाउँदै आउट भएका हुन् । उनले ३२ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए । उनलाई भारतीय बलर साई किशोरले अभेष खानद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले ८.५ ओभरमा ६२ रन बनाएको थियो ।  तेस्रो विकेटका रूपमा नेपालले कुशल मल्ललाई गुमाएको थियो । उनी २१ बलमा दुई छक्का र दुई चौकाको मद्दतले २९ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । १०.३ ओभरमा उनी आउट हुँदा नेपालले ७६ रन बनाएको थियो । उनलाई भारतीय बलर रवि विस्नोईले अर्सदिप सिंहद्वारा क्याच गराएका थिए ।

नेपाली टोलीले चौथो विकेटका रूपमा कप्तान रोहित पौडेललाई तीन रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । उनलाई भारतीय बलर रवि विस्नोईले एलबीडब्लूको धरापमा पारेका थिए । उनी आउट हुँदा नेपालले ११ ओभरमा ७७ रन बनाएको थियो । नेपालले पाँचौँ विकेटका रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । उनी १५ बलमा चार छक्काको मद्दतले ३२ रन बनाउँदै आउट भए । उनलाई रवि विस्नोईले साई किशोरद्वारा क्याच गराएका थिए । १४.२ ओभरमा उनी आउट हुँदा नेपालले एक सय २२ रन बनाएको थियो ।   त्यसअघि उनले १३.२ ओभरमा नेपाललाई एक सय रन पुरा गराएका थिए । दीपेन्द्रले छक्का प्रहार गर्दै टोलीको एक सय रन कटाएका थिए । त्यसपछि पनि लगातार दुई बलमा उनले छक्का हिर्काएका थिए । त्यसपछि उनी आउट भएका थिए ।

नेपालले छैटौँ विकेटका रूपमा सन्दीप जोरालाई गुमाएको थियो । उनी १२ बलमा तीन छक्का र एक चौकाको मद्दतले २९ रन बनाउँदै आउट भएका हुन् । उनी आउट हुँदा नेपालले १५.४ ओभरमा एक सय ४० रन बनाएको छ । त्यतिबेला नेपाललाई जितका लागि २५ बलमा ६२ रन आवश्यक थियो । सन्दीप जोरालाई अर्सदिप सिंहले जैसवालद्वारा क्याच गराएका थिए ।  नेपालले सातौँ विकेटका रूपमा सोमपाल कामीलाई गुमाएको थियो । उनी पाँच बलमा एक छक्काको मद्दतले सात रन बनाउँदै आउट भएका थिए । उनी आउट हुँदा नेपालले १७ ओभरमा एक सय ५६ रन बनाएको थियो । उनलाई अभेष खानले साई किशोरद्वारा क्याच गराएका थिए ।

आठौँ विकेटका रूपमा गुल्सन झा पेभेलियन फर्किएका हुन् । उनी ६ रन बनाउँदै आउट भएका थिए । उनको विकेट अर्सदिप सिंहले लिएका थिए । उनलाई अर्सदीपले जैसवालद्वारा क्याच गराएका थिए । नवौँ विकेटका रूपमा सन्दीप लामिछाने आउट भएका थिए । उनी पाँच रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनको विकेट अभेस खानले लिए ।  उनी आउट हुँदा नेपाललाई जितका लागि ६ बलमा ३० रन आवश्यक थियो । करण केसी १८ रन बनाउँदै अविजित रहे । उनले १३ बलमा दुई छक्का र एक चौका हिर्काए । अविनाष बोहरा शून्य रनमा अविजित रहे ।  त्यसअघि टस जिती पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो । भारतका लागि ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले एक सय रन बनाए । जैसवाल र रुतुराज गाइकवाडले ओपनिङ विकेटका लागि एक सय तीन रनको साझेदारी गरेका थिए । गाइकवाड २५ रन बनाउँदै आउट भए ।

भारतका लागि शिवम दुबेले अविजित २५ रन र रिन्कु सिंहले अविजित ३७ रन बनाए । नेपाली बलर दीपेन्द्र सिंह ऐरीले दुई तथा सन्दीप लामिछाने र सोमपाल कामीले एक—एक विकेट लिए । नेपालको फिल्डिङ खासै प्रभावकारी देखिएन । नेपाली फिल्डरले केही गतिला अवसरलाई खेर फालेका थिए । भारतको पहिलो विकेट नेपाली बलर दीपेन्द्रसिंह ऐरीले लिएका थिए । उनले भारतका ओपनर ब्याट्सम्यान रुतुराज गाइकवाडको विकेट लिएका हुन् । उनले रुतुराजलाई २५ रनको व्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । रुतुराज भारतीय टोलीका कप्तान पनि हुन् । पहिलो विकेट गुमाउँदा भारतले ९.१ ओभरमा एक सय तीन रन बनाएको थियो ।  यसैगरी भारतीय टोलीको दोस्रो विकेट सोमपाल कामीले लिएका हुन् । उनले भारतीय ब्याट्सम्यान तिलक बर्मालाई दुई रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काए । सोमपालले तिलकलाई बोल्ड गरेका हुन् । दोस्रो विकेट गुमाउँदा भारतले ११.४ ओभरमा एक सय ११ रन बनाएको थियो ।

यसैगरी भारतको तेस्रो विकेटका रूपमा जितेश शर्मा आउट भएका थिए । उनको विकेट नेपाली बलर सन्दिप लामिछानेले लिएका हुन् । सन्दीपले उनलाई पाँच रनको व्यक्तिगत स्कोरमा आफ्नो बलिङमा आफैले क्याच गरे । भारतले तेस्रो विकेट गुमाउँदा १२.५ ओभरमा एक सय १९ रन बनाएको थियो । यसैगरी दीपेन्द्रसिंह ऐरीले भारतको चौथो विकेट लिएका थिए । उनले भारतका ओपनर ब्याट्सम्यान यशस्वी जैसवाललाई पेभेलियन फर्काएका थिए । जैसवाल शतक बनाएलगत्तै पेभेलियन फर्किएका थिए । ऐरीले उनलाई अविनाष बोहराद्वारा क्याच गराएका थिए । चौथो विकेट गुमाउँदा भारतले १६.२ ओभरमा एक सय ५० रन बनाएको थियो ।  पेभेलियन फर्किनुअघि जैसवालले ४९ बलमा सात छक्का र आठ चौकाको मद्दतले शतक पुरा गरेका थिए । उनी टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा शतक पुरा गर्ने ब्याट्सम्यान बनेका छन् । मंगलबार नेपालविरुद्ध शतक बनाउँदा उनको उमेर २१ वर्ष दुई सय ७९ दिन पुगेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चोरेको चेक साट्न गएका दुई जना बैंकबाटै पक्राउ
चोरेको चेक साट्न गएका दुई जना बैंकबाटै पक्राउ
गृहमन्त्री गुरुङले भने : जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु
गृहमन्त्री गुरुङले भने : जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु
धरान उपमहानगर: २ अर्बको बजेट सिलिङ पारित, भोलि बोलाइयो नगरसभा
धरान उपमहानगर: २ अर्बको बजेट सिलिङ पारित, भोलि बोलाइयो नगरसभा
भारतीय धार्मिक समारोहमा प्लेटफर्म भत्किँदा ५ जनाको मृत्यु, ४० जना घाइते
भारतीय धार्मिक समारोहमा प्लेटफर्म भत्किँदा ५ जनाको मृत्यु, ४० जना घाइते
भारतको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु हुने चार नेपालीको पहिचान खुल्यो
भारतको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु हुने चार नेपालीको पहिचान खुल्यो
हिमपहिरामा हराएका चिनियाँ पर्यटकको १३ दिनपछि आज शव फेला
हिमपहिरामा हराएका चिनियाँ पर्यटकको १३ दिनपछि आज शव फेला
देवघाट–दामोदरकुण्ड पदयात्रा शुभारम्भ
देवघाट–दामोदरकुण्ड पदयात्रा शुभारम्भ
रोल्वालिङ हिमपहिरोमा हराइरहेका ४ जनाको उद्धार, तीन जनाको मृ*त्यु, बेपत्ताको खोजी जारी
रोल्वालिङ हिमपहिरोमा हराइरहेका ४ जनाको उद्धार, तीन जनाको मृ*त्यु, बेपत्ताको खोजी जारी
राष्ट्रियसभामा पनि गृहमन्त्री लेखकको राजीनामा माग
राष्ट्रियसभामा पनि गृहमन्त्री लेखकको राजीनामा माग
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको शपथ आज
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको शपथ आज