‘दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्छौँ’: चिकित्सकहरूको चेतावनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १०, २०८०
|
|
३ पटक हेरिएको
Shares
‘दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्छौँ’: चिकित्सकहरूको चेतावनी

सारांश

  • १० असोज, काठमाडौँ ।
  • चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरू आन्दोलित भएका छन् ।
  • मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरूले बुधवार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

१० असोज, काठमाडौँ । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरू आन्दोलित भएका छन् ।

मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरूले बुधवार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । स्वास्थ्यकर्मीमाथि शृङ्खलाबद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरू सडकमा उत्रिएर विरोध जनाएका हुन् । स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्ब कार्यान्वयनको माग राखेका छन् ।

विरोध प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आन्दोलनरत चिकित्सक शेषराज घिमिरेले सरकारले सहमति गरेर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर कारबाही गर्न माग गरे । उनले सरकारले पक्राउ गरी कारबाही नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने बताए। दोषीलाई संरक्षण गर्नु नहुने र चिकित्सकमाथि बारम्बार आक्रमण हुँदा समेत राज्य मूकदर्शक बन्न नहुने बताए ।

उनले भने, ‘सहमति धेरै भइसक्यो, एक्सन हामीलाई चाहिँदैन । यो धेरै भइसक्यो । पक्राउ गर्नुस् हामी मान्छौँ । नत्र सकेनौँ भन्नुस्, हात उठाउनुस् । जबसम्म पक्राउ गरेर मुद्दा चल्दैन, हामी आन्दोलनमा नै हुन्छौँ । यो राज्यको कमजोरी हो, कानुनी राज्य भएको भए घटना भए लगत्तै पक्राउ जरी जेलमा जान्थे । यहाँ त घटना दोहोरिँदा पनि कारबाही छैन । दोषीलाई संरक्षण गर्नु हुँदैन । राज्य टुलुटुलु हेरेर बसेको छ ।

आन्दोलित चिकित्सकहरूले विदेश पलायन हुन बाध्य नपार, हामी स्वास्थ्यकर्मी एक हौँ, आज डाक्टर कुट्ने भोलि बिरामी भए कहाँ जाने ?असुरक्षा र त्रासमा उपचार कसरी गर्ने ?कामेको हातले उपचार सम्भव छैन, सेतो कोट रातो भए समाज नै कालो हुन्छ, स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर लगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान
कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरु, कति लाग्छ शुल्क ?
चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरु, कति लाग्छ शुल्क ?
सहकारी ठगी प्रकरणमा फरार रहेकी लेखा समिति सभापतिकी श्रीमती अदालतमा हाजिर
सहकारी ठगी प्रकरणमा फरार रहेकी लेखा समिति सभापतिकी श्रीमती अदालतमा हाजिर
लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका
लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका
मधेस प्रदेशका मुख्यमन्त्री द्वारा बारा जिल्लाको कलैयामा एकै दिन विभिन्न कार्यक्रम सम्पन्न 
मधेस प्रदेशका मुख्यमन्त्री द्वारा बारा जिल्लाको कलैयामा एकै दिन विभिन्न कार्यक्रम सम्पन्न 
चितवनको माडीमा चट्याङ लागेर महिलाको मृत्यु
चितवनको माडीमा चट्याङ लागेर महिलाको मृत्यु
मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै
मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै
शिक्षक आन्दोलनलाई प्रधानमन्त्रीको जवाफ : आफ्नो हित मात्रै हेरेर समस्या समाधान हुँदैन
शिक्षक आन्दोलनलाई प्रधानमन्त्रीको जवाफ : आफ्नो हित मात्रै हेरेर समस्या समाधान हुँदैन
विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छ : झलनाथ खनाल
विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छ : झलनाथ खनाल