सभामुख घिमिरे र आयरल्याण्डका राष्ट्रपति माइकलबीच भेटर्वाता।

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ६, २०८०
|
|
१ पटक हेरिएको
Shares
सभामुख घिमिरे र आयरल्याण्डका राष्ट्रपति माइकलबीच भेटर्वाता।

सारांश

  • ६ असोज, काठमाडौं।
  • सभामुख देवराज घिमिरेले आयरल्याण्डका राष्ट्रपति माइकल डी.
  • हिगिन्ससँग शिष्टाचार भेट गरेका छन ।

६ असोज, काठमाडौं। सभामुख देवराज घिमिरेले आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्ससँग शिष्टाचार भेट गरेका छन ।

राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए ।

भेटघाटको क्रममा सभामुख घिमिरेले आइरिस राष्ट्रपतिको कविता संग्रह स्मरण गरेका छन । उनले भने, ‘तपाईंले लेखको कविता संग्रह नेपाली भाषामा अनुवाद भएको छ । अत्यतै राम्रो छ । नेपालीले रुचाएका छन् ।’

तत्कालिन बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी ९ दुवसु क्षेत्री० द्वारा अनुवादित तथा सम्पादित ‘सुप्रसिद्ध आइरिस कवि माइकल डि। हिगिन्सका प्रतिनिधि कविता’ नामक कविता संग्रह नेपाली भाषामा प्रकाशित छ । राष्ट्रपति डि। हिगिन्सले नै पाँच वर्षअघि डब्लिनमा भएको कार्यक्रममा कविता संग्रह लोकार्पण गरेका थिए ।

सभामुख घिमिरेले बयोवृद्ध राष्ट्रपति डि । हिगिन्सको सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्दै नेपाल भ्रमणको निम्तो दिएका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?