राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता : अमेरिका र चीन भ्रमणबारे छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र ३०, २०८०
|
|
२ पटक हेरिएको
Shares
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता : अमेरिका र चीन भ्रमणबारे छलफल

सारांश

  • ३० भदौ, काठमाडौँ ।
  • राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार भेट गरेका छन् ।
  •   राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच भेटवार्ता भएकाे हाे ।

३० भदौ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार भेट गरेका छन् ।  राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच भेटवार्ता भएकाे हाे ।

सो भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।  साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ