धरानका मेयर हर्क साम्पाङले माफी मागेपछि कार्यपालिका बैठक सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ३१, २०८०
|
|
१ पटक हेरिएको
Shares
धरानका मेयर हर्क साम्पाङले माफी मागेपछि कार्यपालिका बैठक सुरु

सारांश

  • धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले माफी  मागेपछि कार्यपालिका बैठक सुरु भएको छ।
  • विगतमा गरेको गल्ती नदोहोर्‍याउने भन्दै माफी मागेपछि करिब २ महिनापछि बैठक सुरु भएको हो।
  • विधि र प्रक्रियालाइ लत्याउँदै मेयर साम्पाङले मनोमानी गरेको भन्दै वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले बैठक बहिस्कार गरेपछि कार्यपालिका बैठक बस्न सकेको थिएन।

धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले माफी  मागेपछि कार्यपालिका बैठक सुरु भएको छ। विगतमा गरेको गल्ती नदोहोर्‍याउने भन्दै माफी मागेपछि करिब २ महिनापछि बैठक सुरु भएको हो।

विधि र प्रक्रियालाइ लत्याउँदै मेयर साम्पाङले मनोमानी गरेको भन्दै वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले बैठक बहिस्कार गरेपछि कार्यपालिका बैठक बस्न सकेको थिएन। कार्यपालिका बैठक नबसेका कारण नीतिगत निर्णय हुन सकेको थिएन। कार्यपालिका बैठक नबसेका कारण मेयर साम्पाङले एकल तोक आदेशले उपमहानगरपालिका सञ्चालन गर्दै आएका थिए। सचेत धरान समूहको अगुवामा मेयर र वडाअध्यक्षहरूलाई सहमतिमा ल्याएसँगै आइतबार कार्यपालिका बैठक सञ्चालन भएको हो।

https://press4k.com/

यसअघि मेयर साम्पाङले आफ्नो स्वकीय सचिवलाई पत्र काट्न लगाएर वडाअध्यहरूलाई वडाको काम कारबाहीको विवरण मागेका थिए। त्यसपश्चात् धरान १० का वडा अध्यक्ष विवेक राईले विरोध जनाएपछि उनलाई साम्पाङले स्पष्टीकरण सोधेका थिए। त्यसलगत्तै सबै वडाअध्यक्षहरूले ५ बुँदे माग राखेर कार्यपालिका बैठक बहिस्कार गरेका थिए।  आइतबारको बैठकको सुरुवातमा मेयर विगतमा गरेको गल्तीलाई नदोहोर्‍याउने प्रतिबद्धता जनाउँदै माफी मागेपछि बैठक सुरु भएको वडा नम्बर १७ का वडाध्यक्ष समेत रहेका नगरपालिकाका प्रवक्ता सूर्यबहादुर भट्टराईले बताए

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?