सिरहाबाट ७ लाख बढीको अवैध सामान बरामद
सारांश
- सिरहाका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ७ लाख ७२ हजार ६२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।
- जिल्लाका विभिन्न सीमा इलाकामा गरिएको कारबाहीका क्रममा मोटरसाइकल, मदिरा, किराना सामान, कस्मेटिक सामग्री तथा कपडालगायतका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
- बरामद गरिएका सामानको अनुमानित मूल्य ७ लाख ७२ हजार ६२० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
८ कात्तिक, सिरहा ।
सिरहाका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ७ लाख ७२ हजार ६२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ। जिल्लाका विभिन्न सीमा इलाकामा गरिएको कारबाहीका क्रममा मोटरसाइकल, मदिरा, किराना सामान, कस्मेटिक सामग्री तथा कपडालगायतका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएका सामानको अनुमानित मूल्य ७ लाख ७२ हजार ६२० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने कार्य भइरहेको छ। सिरहामा सीमा क्षेत्रबाट हुने अवैध सामान ओसारपसार नियन्त्रण तथा सीमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले निगरानी र चेकजाँचलाई निरन्तरता दिँदै आएको सिरहाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाले बताए ।

प्रतिक्रिया