वीरगञ्जमा घर टहरा हटाउने काम अन्तिम चरणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २८, २०८३
|
|
८७ पटक हेरिएको
Shares
वीरगञ्जमा घर टहरा हटाउने काम अन्तिम चरणमा

सारांश

  • वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।
  • सडक डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सडक विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ ।
  • हेटौँडास्थित सडक डिभिजन कार्यालय इन्जिनियर तथा वीरगञ्जका लागि तोकिएका प्रतिनिधि दुर्गाप्रसादले नेपाल टेलिकमको भवन र माइस्थान नजिकै सडक विस्तारका क्रममा उत्पन्न विवाद आज समाधान गरी भोलिसम्ममा काम सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए ।

२८ भदौ, वीरगञ्ज ।

वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सडक विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ । हेटौँडास्थित सडक डिभिजन कार्यालय इन्जिनियर तथा वीरगञ्जका लागि तोकिएका प्रतिनिधि दुर्गाप्रसादले नेपाल टेलिकमको भवन र माइस्थान नजिकै सडक विस्तारका क्रममा उत्पन्न विवाद आज समाधान गरी भोलिसम्ममा काम सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए । उनका अनुसार नापजाँचको कामसमेत एक साताभित्र पूरा गर्ने योजना छ ।

उनले सडक सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको र बाँकी संरचना हटाउने काम तीव्र गतिमा भइरहेको बताए । अहिले सिद्धार्थ बैंक, पमपम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचना हटाउने काम भइरहेको उनले जानकारी दिए । सडक विस्तारका क्रममा घरधनीले आंशिक रूपमा मात्रै संरचना भत्काएका कारण अधुरा रहेका संरचना हटाउने कामसमेत तीव्र गतिमा भइरहेको उनले बताए । सडक डिभिजन कार्यालयले पहिलो चरणमा गत वैशाख ६ र ७ गते मुख्य सडकको दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने करिब एक हजार २ सय घर तथा भवनका अगाडिका भाग डोजर प्रयोग गरी हटाएको थियो । सडक विस्तारका लागि उत्तरतर्फ गण्डक क्षेत्रबाट र दक्षिणतर्फ मितेरी पुलबाट एकैसाथ आधा दर्जनभन्दा बढी डोजर परिचालन गरिएको थियो । सडक सीमाभित्र परेका संरचना २५ दिनभित्र आफैँ हटाउन सम्बन्धित घरधनीलाई आग्रह गरिएको थियो । तोकिएको समयसीमाभित्र धेरै संरचना नहटाइएपछि सडक डिभिजन कार्यालयले गत असार २० गतेदेखि पुनः डोजर परिचालन गरी दोस्रो चरणको अभियान सुरु गरेको इन्जिनियर दुर्गाप्रसादले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जाजरकोटमा पहिरोले अस्थायी टहरा पुरिँदा महिलाको मृत्यु
जाजरकोटमा पहिरोले अस्थायी टहरा पुरिँदा महिलाको मृत्यु
होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुन्छ : प्रधानमन्त्री
होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुन्छ : प्रधानमन्त्री
विश्वकप छनोट: कतारसँग नेपाल ५ रनले विजयी 
विश्वकप छनोट: कतारसँग नेपाल ५ रनले विजयी 
सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै विप्लव समूहको प्रदर्शन
सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै विप्लव समूहको प्रदर्शन
विमानस्थलबाट लागू औषधसहित २ विदेशी पक्राउ, देशभरबाट २७
विमानस्थलबाट लागू औषधसहित २ विदेशी पक्राउ, देशभरबाट २७
आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन् : सचिव अर्याल
आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन् : सचिव अर्याल
केदारनाथको लागी उडेको हेलिकप्टर सडकमै अवतरण, पछाडिको भाग क्षतिग्रस्त
केदारनाथको लागी उडेको हेलिकप्टर सडकमै अवतरण, पछाडिको भाग क्षतिग्रस्त
हिमाचलमा भीषण भूस्खलन, बसमा ठोक्किँदा १५ जनाको मृ*त्यु
हिमाचलमा भीषण भूस्खलन, बसमा ठोक्किँदा १५ जनाको मृ*त्यु
विराटनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु, आईसीपी क्षेत्रमा तनाव
विराटनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु, आईसीपी क्षेत्रमा तनाव
सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’, आज फेरि बन्यो सर्वाधिक महँगो
सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’, आज फेरि बन्यो सर्वाधिक महँगो