दीपेन्द्रले राम्रो अन्त्य गर्दा नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख ८, २०८१
|
|
६० पटक हेरिएको
Shares
दीपेन्द्रले राम्रो अन्त्य गर्दा नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

सारांश

  • अलराउन्डर दीपेन्द्र सिंह ऐरीले राम्रो अन्त्य गरेपछि नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको प्रतिस्पर्धामा हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।
  • अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनायो ।
  • नेपालका दीपेन्द्रले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए ।

८ वैशाख, काठमाडौं । अलराउन्डर दीपेन्द्र सिंह ऐरीले राम्रो अन्त्य गरेपछि नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको प्रतिस्पर्धामा हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनायो । नेपालका दीपेन्द्रले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । अन्तिम ओभरमा दीपेन्द्रले अजिज खानलाई दुई चौका र दुई छक्कासहित कुल २० रन प्रहार गर्दै जितको आशा बचाएका थिए । सन्दीप जोराले २३ बलमा १ चौकासहित सर्वाधिक २२ रन बनाए । शुक्रबार सेमिफाइनल खेलमा युएईसँग ११९ रन बनाउँदै एसिया कप खेल्ने अवसर गुमाएको नेपालले हङकङविरुद्ध पनि राम्रो प्रदर्शन गर्न सकेन ।

लगातार तेस्रो खेलमा शून्यमा आउट हुनेक्रममा ओपनर कुशल भुर्तेल तीव्र गतिका बलर आयुश शुक्लाको पहिलो ओभरको दोस्रो गुड लेन्थको बलमा एज लागेर विकेटकिपर जिशान अलीबाट समातिए । तेस्रो नम्बरमा सरप्राइज रुपमा आएका सोमपाल कामी ७ बलमा २ चौकासहित १२ रनमा शुक्लाकै बलमा क्याच आउट हुन पुगेका थिए । आशिफ शेख शुक्लाको पाँचौं ओभरको पाँचौं बलमा खराब सट खेल्दै ५ रनमा निजकात खानबाट क्याच हुँदा नेपाल ३२–३ को अवस्थामा थियो । कप्तान रोहित पौडेल अतिक इकबालको आठौं ओभरको पाँचौं बलमा रोहित २१ रनमा एलबीडब्लू आउट भए । रोहितले १९ बलमा २ चौका प्रहार गरे ।

कुशल मल्ल स्पिनर यासिम मुर्तजालाई १२ औं ओभरको दोस्रो बलमा लगातार दोस्रो छक्का हान्ने धुनमा लङअनमा निजाकत खानबाट १३ रनमा क्याच आउट भएपछि बलियो योगफलको सम्भावना टाढिएको थियो । १४ औं ओभरको तेस्रो बलमा सन्दीप जोरा र चौथो बलमा गुलशन झा ६ रनमा लगातार रन आउट भएपछि नेपाल ८७–७ को अवस्थामा पुगेको थियो । हिटर करण केसी स्पिनर एहसान खानको बलमा ३ रनमा एलबीडब्लू आउट भए । हङकङका आयुश शुक्लाले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अतिक इकबाल, यासिम मुर्तजा र एहसान खानले १–१ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विरामीको मृत्युपछि मणिपालमा चिकित्सकमाथि हातपात
विरामीको मृत्युपछि मणिपालमा चिकित्सकमाथि हातपात
भारतबाट बिजुली ल्याउने सम्झौता तीन महिनाका लागि मात्रै नवीकरण
भारतबाट बिजुली ल्याउने सम्झौता तीन महिनाका लागि मात्रै नवीकरण
प्रधानमन्त्री ओलीले दिए थाइल्यान्डका समकक्षीलाई नेपाल भ्रमणको निम्तो
प्रधानमन्त्री ओलीले दिए थाइल्यान्डका समकक्षीलाई नेपाल भ्रमणको निम्तो
प्रजातन्त्र दिवसबारे कार्यक्रममा पत्रकारहरूलाई निषेध गरेको भन्दै ‘क्यामेरा डाउन’
प्रजातन्त्र दिवसबारे कार्यक्रममा पत्रकारहरूलाई निषेध गरेको भन्दै ‘क्यामेरा डाउन’
राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कँदै
राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कँदै
खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो :राष्ट्रपति रामचन्द्र पौडेल
खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो :राष्ट्रपति रामचन्द्र पौडेल
एमाले काठमाडौंद्वारा ओलीको रिहाइको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र
एमाले काठमाडौंद्वारा ओलीको रिहाइको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुकविरुद्ध पक्राउ पुर्जी जारी
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुकविरुद्ध पक्राउ पुर्जी जारी
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात
रुपन्देहीमा दुर्गाको मूर्ति सेलाउन गएका दुई युवाको डुबेर मृत्यु
रुपन्देहीमा दुर्गाको मूर्ति सेलाउन गएका दुई युवाको डुबेर मृत्यु