इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ८, २०८३
|
|
७४ पटक हेरिएको
Shares
इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भई शिर उचो बनाएर गौरवका साथ उभिन सकेका बताएका छन् ।
  •   शुक्रबार राष्ट्रिय विभूति भीमसेन थापाको २२५ औँ जन्मजयन्ती तथा पुरस्कार एवम् सम्मान कार्यक्रमलाई इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्ने बताएका हुन् ।
  •   उनले भने, ‘हामीले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्छौँ ।

 

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भई शिर उचो बनाएर गौरवका साथ उभिन सकेका बताएका छन् ।  शुक्रबार राष्ट्रिय विभूति भीमसेन थापाको २२५ औँ जन्मजयन्ती तथा पुरस्कार एवम् सम्मान कार्यक्रमलाई इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्ने बताएका हुन् ।  उनले भने, ‘हामीले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्छौँ । म यसले नै भविष्य निर्माणको सुनौलो बाटो पनि तय गर्छ भन्ने ठान्दछु ।’

उनले वीर पुर्खाले हाम्रो राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता एवम् सार्वभौमसत्ताका लागि गरेको बलिदान र पु¥याएको योगदान स्तुत्य भएको बताए ।  राष्ट्रपति पौडेलले आपसी भाइचारा, मित्रता, सहिष्णुता र एकताको जगमा राष्ट्रिय एकतालाई मजबुत बनाउँदै राष्ट्रप्रेमप्रतिको अगाध आस्था र प्रतिबद्धतालाई किमार्थ विचलित हुन दिनु नहुने स्पष्ट पारे ।  उनले भने, ‘यही एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउँदै भावी पुस्तामा राष्ट्रप्रेमको भावधारा जागृत गर्दै अघि बढ्नुपर्दछ । हामी सबै मिलेर भ्रष्टाचार, विकृति र विसङ्गति अन्त्य गरी सुशासनका माध्यमबाट देश विकासको कामलाई तीव्र बनाउन जुटौँ । यही नै राष्ट्रिय विभूति भीमसेन थापासहित हाम्रा वीर पुर्खाप्रतिको सच्चा सम्मान हुनेछ ।’  राष्ट्रपति पौडेलले बहुआयामिक व्यक्तित्वको छवि बनाउनुभएका भीमसेना थापा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताविरुद्ध कहिल्यै नझुकेको उल्लेख गर्दै देशभक्ति उहाँको मूलमन्त्र भएको बताए ।  उनले भने, ‘अङ्ग्रेजसँग भएको युद्धमा ठूलो मूल्य चुकाउनुपरे पनि उहाँको राष्ट्रभक्तिकै अडानले नेपाल स्वतन्त्र रहन सक्यो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...