एसिसी महिला प्रिमियर कप : नेपालको दोस्रो जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २१, २०८३
|
|
२३१ पटक हेरिएको
Shares
एसिसी महिला प्रिमियर कप : नेपालको दोस्रो जित

सारांश

  • नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको छ ।
  •  समूह ‘डी’ अन्तर्गत बिहीबार भएको खेलमा नेपालले भुटानलाई ५१ रनले हरायो ।
  • जितसँगै नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

२१ जेठ, काठमाडौँ ।

नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको छ । समूह ‘डी’ अन्तर्गत बिहीबार भएको खेलमा नेपालले भुटानलाई ५१ रनले हरायो । जितसँगै नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यसअघि समूहको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले हराएको थियो । जितका लागि एक सय १४ रनको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा आठ विकेटको क्षतिमा ६२ रन मात्र बनाउन सक्यो । भुटानका लागि देन्छि वाग्मोले सर्वाधिक ३९ रन बनाउनुभयो । यस्तै छादो ओमले ११ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा नेपालका रुबिना क्षेत्रीले तीन विकेट लिनुभयो । यस्तै रिया शर्माले दुई तथा कविता कुवँर र मनिष उपाध्यायले एक एक विकेट झार्नुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय १३ रन बनाएको थियो । नेपालका लागि सिता रानामगरले सर्वाधिक ३७ रन बनाउनुभयो ।  रुविना क्षेत्रीले २४, सोनी पाख्रीनले १३ र सम्झना खड्काले १० रन बनाउनुभयो ।  बलिङमा भुटानकी छिरिङ ज्याङ्बो र सोनामले तीन तीन विकेट लिनुभयो । कप्तान अञ्जु गुरुङले दुई तथा रित्शी चोदेन र रिया प्रधानले एक एक विकेट लिनुभयो । नेपालले समूहको तेस्रो तथा अन्तिम खेलमा शनिबार हङकङसँग खेल्नेछ । नेपाल रन रेटका आधारमा एक खेल अगावै अघिल्लो चरणमा पुगेको हो । १८ देशको सहभागिता रहेको प्रतियोगितामा समूह ‘डी’ नेपालसहित कतार, हङकङ र भुटान छ ।

सहभागी देशलाई चार समूहमा विभाजन गरिएको छ । यस्तै समूह ‘ए’ मा थाइल्यान्ड, म्यानमार, जापान, बहराइन र मङ्गोलिया रहेको छ । समूह ‘बी’ युएई, ओमान, चीन, फिलिपिन्स र साउदी अरब रहेको छ ।  समूह ‘सी’ मा इन्डोनेसिया, मलेसिया, कुवेत र सिङ्गापुर रहको छ । समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा प्रवेश गर्ने छन् । क्वार्टरफाइनल खेलका विजेता एसिसी एसिया कपमा छनोट हुने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंहदरबारमा सर्वदलीय बैठक सुरु
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
ट्रम्पको चेतावनी : इरानले अमेरिकासँग सम्झौता नगरे पूरै सभ्यता आज राति नष्ट हुनेछ
ट्रम्पको चेतावनी : इरानले अमेरिकासँग सम्झौता नगरे पूरै सभ्यता आज राति नष्ट हुनेछ
प्रधानमन्त्रीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीश श्रेष्ठ र पाण्डेयको इजलासमा
प्रधानमन्त्रीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीश श्रेष्ठ र पाण्डेयको इजलासमा
म्यानमारमा सैनिक हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु
म्यानमारमा सैनिक हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु
एसीसी टी–२० एसिया कपमा पाकिस्तानमाथि भारतको सहज जित
एसीसी टी–२० एसिया कपमा पाकिस्तानमाथि भारतको सहज जित
असार १५ सम्म विद्यालय शिक्षा ऐन पारित गरौँ भन्ने मेरो प्रयत्न छ: शिक्षामन्त्री पन्त
असार १५ सम्म विद्यालय शिक्षा ऐन पारित गरौँ भन्ने मेरो प्रयत्न छ: शिक्षामन्त्री पन्त
अछाम घटना : टेलिफोनबाट प्रेम सम्बन्ध, पहिलो भेटमै हत्या
अछाम घटना : टेलिफोनबाट प्रेम सम्बन्ध, पहिलो भेटमै हत्या
सगरमाथा क्षेत्रमा बेपत्ता दावा शेर्पा जीवितै फेला
सगरमाथा क्षेत्रमा बेपत्ता दावा शेर्पा जीवितै फेला
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी जेठ २६ गतेसम्म स्थगित
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी जेठ २६ गतेसम्म स्थगित
अधिकृत लामिछानेको मिलोमतोलमा सरकारी बजेटको दुरुपयोग
अधिकृत लामिछानेको मिलोमतोलमा सरकारी बजेटको दुरुपयोग