मेयर सिंहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १३, २०८३
|
|
१४९ पटक हेरिएको
Shares
मेयर सिंहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन

सारांश

  • किर्ते नागरिकता मुद्दामा पक्राउ अनुमति जारी भएपछि फरार रहेका वीरगन्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) राजेशमान सिंहको खोजी कार्यलाई जिल्ला प्रहरी कार्यालय पर्साले तीव्र पारेको छ।
  • मेयर सिंहलाई नियन्त्रणमा लिन प्रहरीले विशेष टोलीसमेत परिचालन गरेको छ।
  • जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकका अनुसार मेयर सिंहलाई पक्राउ गर्न प्रहरी टोली परिचालन भइसकेको छ।

१३ जेठ, वीरगन्ज ।

किर्ते नागरिकता मुद्दामा पक्राउ अनुमति जारी भएपछि फरार रहेका वीरगन्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) राजेशमान सिंहको खोजी कार्यलाई जिल्ला प्रहरी कार्यालय पर्साले तीव्र पारेको छ। मेयर सिंहलाई नियन्त्रणमा लिन प्रहरीले विशेष टोलीसमेत परिचालन गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकका अनुसार मेयर सिंहलाई पक्राउ गर्न प्रहरी टोली परिचालन भइसकेको छ। मंगलबार मेयर सिंहसहित ४ जनाको नाममा पर्सा जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र (पुर्जी) प्राप्त हुनासाथ प्रहरीले उनको खोजी कार्यलाई तीव्र बनाएको थियो।

मेयर सिंह अदालतमा हाजिर हुन जाँदा प्रहरीलाई सोको जानकारी किन नगराइएको र कसको संरक्षणमा उनी सुटुक्क अदालत छिरे भन्ने विषयमा समेत प्रहरीले विशेष अनुसन्धान सुरु गरेको छ। प्रहरी स्रोतका अनुसार मेयर सिंह अदालतमा आएको सूचना ढिलो गरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली अदालत पुगेको थियो। तर, प्रहरी टोली पुग्नुभन्दा पहिल्यै मेयर सिंह त्यहाँबाट फरार भइसकेका थिए। फरार भएका मेयर सिंहको खोजीका लागि जिल्ला प्रहरी कार्यालय पर्साले सम्भावित क्षेत्रहरूमा विशेष टोली परिचालन गरी निगरानी बढाएको छ। कानुनको नजरमा फरार रहेका स्थानीय सरकारका प्रमुख नै प्रहरीलाई छक्याउँदै हिँड्न थालेपछि वीरगन्जको प्रशासनिक र राजनीतिक वृत्तमा तरंग पैदा भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारीपीडितका समस्या समाधान गर्नेगरी कानुन संशोधन गरिँदै
सहकारीपीडितका समस्या समाधान गर्नेगरी कानुन संशोधन गरिँदै
सङ्घीय संसद्का दुई वटा समितिका बैठक बस्दै
सङ्घीय संसद्का दुई वटा समितिका बैठक बस्दै
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार
नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार
गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेस आज सर्वोच्च जाने
गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेस आज सर्वोच्च जाने
एनपीएलको प्रतीक्षामा त्रिवि क्रिकेट मैदान, भोलि भव्य उद्घाटन
एनपीएलको प्रतीक्षामा त्रिवि क्रिकेट मैदान, भोलि भव्य उद्घाटन
गृहमन्त्रीलाई हर्क साम्पाङको सुझाव- मार्गप्रशस्त गर्नु राम्रो हुन्छ
गृहमन्त्रीलाई हर्क साम्पाङको सुझाव- मार्गप्रशस्त गर्नु राम्रो हुन्छ
आन्दोलित कर्मचारी र कर्णाली सरकारबीच १४ बुँदे सहमति, आन्दोलन स्थगित
आन्दोलित कर्मचारी र कर्णाली सरकारबीच १४ बुँदे सहमति, आन्दोलन स्थगित
जेनजी आन्दोलनमा मृ*त्यु हुनेको संख्या ७२ पुग्यो
जेनजी आन्दोलनमा मृ*त्यु हुनेको संख्या ७२ पुग्यो
ज्ञानेन्द्र शाहीसहित राप्रपाका प्रदर्शनकारी पक्राउ
ज्ञानेन्द्र शाहीसहित राप्रपाका प्रदर्शनकारी पक्राउ

तपाईंले छुटाउनुभयो कि?