२७ फाल्गुन २०८२, बुधबार

सिराहा–४ मा रास्वपाका तपेश्वर यादवको शानदार विजय

 

२४ फागुन,सिराहा। 

सिराहा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तपेश्वर यादव भारी मतान्तरसहित विजयी भएका छन् । शनिबार साँझ सम्पन्न अन्तिम मतगणनाको परिणामअनुसार यादवले ३६ हजार २१० मत प्राप्त गर्दै करिब २८ हजारभन्दा बढी मतान्तरले विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अजयशंकर नायकले ७ हजार ९७२ मत प्राप्त गरे ।

यसै गरी जनमत पार्टीका डा. वीरेन्द्रप्रसाद महतोले ५ हजार ४१ मतसहित तेस्रो स्थान हासिल गरे भने नेकपा एमालेका धर्मनाथ साह ४ हजार २२७ मतसहित चौथो स्थानमा रहे। त्यसै गरी नेपाली कांग्रेसकी चन्द्रकलादेवी यादवले ४ हजार ६१, जसपाका राजकिशोर यादवले ३ हजार ४८४ तथा बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवानले २७९ मत प्राप्त गरेका छन् ।

Post Comment

छुटाउनुभयो कि ?