प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
१८ पुष, काठमाडौँ ।
प्रधानसेनापति अशोकराज सिग्देलले विभिन्न दर्जामा पदोन्नति भएका सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
प्रधानसेनापति सिग्देलले पुस ११ उपरथीमा पदोन्नति भएका पाइलट सहायक रथी रामसुन्दर बोहोरा, सहायक रथी भुवन खत्री र प्राविधिक सहायक रथी धर्मेन्द्रकुमार झालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । त्यस्तै सहायक रथीमा पदोन्नति भएका एक महासेनानी र महासेनानी दर्जामा पदोन्नति भएका ५ जना प्रमुख सेनानीहरूलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।





Post Comment