१४ सदस्यीय बन्यो विस्तारित मन्त्रिपरिषद्, प्रधानमन्त्रीसँग अझै ३ वटा मन्त्रालय

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २६, २०८२
|
|
२६ पटक हेरिएको
Shares
१४ सदस्यीय बन्यो विस्तारित मन्त्रिपरिषद्, प्रधानमन्त्रीसँग अझै ३ वटा मन्त्रालय

सारांश

  • प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार भएको छ।
  • शुक्रबार ४ जना मन्त्री थप भएका छन्।
  •   आज थपिएका मन्त्रीहरूमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङ्नाम, श्रम, रोजगार तथा तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरणमन्त्री माधव चौलागाईं र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ रहेका छन्।

२६ मंसिर, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार भएको छ। शुक्रबार ४ जना मन्त्री थप भएका छन्।  आज थपिएका मन्त्रीहरूमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङ्नाम, श्रम, रोजगार तथा तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरणमन्त्री माधव चौलागाईं र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ रहेका छन्।

योसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय पुगेको छ। यद्यपि, उनले प्रधानमन्त्री बन्दा ११ जना भन्दा बढीको मन्त्रिपरिषद् नबनाउने बताएकी थिइन्। मन्त्रिपरिषद् बिस्तार भए पनि कार्कीसँग ३ मन्त्रालय रहेका छन्। उनले परराष्ट्र, रक्षा तथा खानेपानी मन्त्रालयको जिम्मेवारी लिएकी छन्। त्यस्तै अन्य ३ मन्त्रीले पनि एक भन्दा बढी मन्त्रालयको जिम्मेवारी सम्हालका छन्। जसमा रामेशर खनाल, कुलमान घिसिङ र अनिलकुमार सिन्हा रहेका छन्।

खनालसँग अथ र संघीय मामिला तथा सामान्य प्रशासनको जिम्मेवारी छ। घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी लिएका छन्।  सिन्हाको काँधमा भने उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन गरी ३ मन्त्रालयको जिम्मेवारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफूले आर्जन गरेको ज्ञान र सीप जनताको हितमा समर्पित गरौँ : राष्ट्रपति
आफूले आर्जन गरेको ज्ञान र सीप जनताको हितमा समर्पित गरौँ : राष्ट्रपति
एनपीएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै
एनपीएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै
आजको लागि विदेशी मुद्राको विनिमय दर
आजको लागि विदेशी मुद्राको विनिमय दर
बारामा रुखको हाँगो बाट एक युवती को मृत्यु
बारामा रुखको हाँगो बाट एक युवती को मृत्यु
एकै पटक ३० गाडीमा भीषण आगलागी, आठ जनाको जलेर मृत्यु
एकै पटक ३० गाडीमा भीषण आगलागी, आठ जनाको जलेर मृत्यु
कांग्रेस पार्टी कार्यालयमा प्रदर्शनरत समूह र नेता निधिबीच चर्काचर्की
कांग्रेस पार्टी कार्यालयमा प्रदर्शनरत समूह र नेता निधिबीच चर्काचर्की
झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए
झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, त्यसअघि कार्यसम्पादन समितिको बैठक बोलाइयो
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, त्यसअघि कार्यसम्पादन समितिको बैठक बोलाइयो
धनुषाका मिटरब्याज पीडितहरु अनिश्चितकालिन आन्दोलनमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन
धनुषाका मिटरब्याज पीडितहरु अनिश्चितकालिन आन्दोलनमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन
प्रधानमन्त्रीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन पेस
प्रधानमन्त्रीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन पेस