सानिमा जलविद्युतमा कार्यरत मजदुरकाे लडेर मृ*त्यु
२३ मंसिर, दाेलखा ।
दाेलखाकाे बिगु-१ लप्चीनजिकै निर्माणाधीन जलविद्युत आयाेजनाकाे सुरूङ निर्माणका क्रममा लडेर एक जना मजदुरकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा ओखलढुङ्गाकाे मानेभञ्ज्याङ गाउँपालिका-५ का शुक्रबहादुर राई रहेकाे प्रहरीले जनाएकाे छ ।

५६ मेगावाटको सानिमा जलविद्युत आयाेजनाकाे सुरूङ निर्माणका क्रममा लडेर बाबरी हाईड्राे कन्सट्रक्सनमा कार्यरत राईलाई साेमबार घाइते अवस्थामा धुलिखेल अस्पतालकाे शाखा दाेलखामा उपचारका लागि ल्याइएकाे थियाे । राईकाे उपचारका क्रममा मंगलबार मृत्यु भएकाे हाे । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।




Post Comment