चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य, धनन्जयले लिए तीन विकेट
२० मंसिर, काठमाडौं ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितका लागि १२१ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२० रन बनायो। चितवनको पारीमा देव खनालले सर्वाधिक ३५ रन बनाए भने अल्पेस रमजानीले ३३ रन र कप्तान कुशल मल्लले २३ रनको योगदान गरे।
पोखराका बलर धनन्जय लक्ष्यण चितवनका लागि घातक साबित भए। उनले सर्वाधिक तीन विकेट लिए। त्यस्तै, विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एक–एक विकेट लिए। प्लेअफको दौडबाट बाहिरिसकेका दुवै टोली आजको यो अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छन्।





Post Comment