हस्तकला महासंघले पाटन दरबार स्क्वायरमा कला तथा हस्तकला प्रदर्शनी गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर १६, २०८२
|
|
४१ पटक हेरिएको
Shares
हस्तकला महासंघले पाटन दरबार स्क्वायरमा कला तथा हस्तकला प्रदर्शनी गर्ने

सारांश

  • नेपाल हस्तकला महासंघले ललितपुर महानगरपालिकाको सहयोगमा कला तथा सांस्कृतिक महोत्सव–२०८२ को अवसरमा कला–संस्कृति प्रवद्र्धनका लागि विशेष हस्तकला प्रदर्शनी आयोजना गर्ने भएको छ ।
  • प्रदर्शनी मंसिर १७ देखि २१ गतेसम्म पाटन दरबार स्क्वायर क्षेत्र तथा पाटन संग्रहालय परिसरमा सञ्चालन हुनेछ ।
  • महासंघ, ललितपुर–१६ को हस्तकला तथा पर्यटन विकास समिति र पाटन संग्रहालयको संयुक्त आयोजनामा हुन लागेको प्रदर्शनीमा २१ वटा क्यानोपी र १० वटा टेबल स्टल रहने छन् ।

१६ मंसिर, ललितपुर ।

नेपाल हस्तकला महासंघले ललितपुर महानगरपालिकाको सहयोगमा कला तथा सांस्कृतिक महोत्सव–२०८२ को अवसरमा कला–संस्कृति प्रवद्र्धनका लागि विशेष हस्तकला प्रदर्शनी आयोजना गर्ने भएको छ । प्रदर्शनी मंसिर १७ देखि २१ गतेसम्म पाटन दरबार स्क्वायर क्षेत्र तथा पाटन संग्रहालय परिसरमा सञ्चालन हुनेछ ।

महासंघ, ललितपुर–१६ को हस्तकला तथा पर्यटन विकास समिति र पाटन संग्रहालयको संयुक्त आयोजनामा हुन लागेको प्रदर्शनीमा २१ वटा क्यानोपी र १० वटा टेबल स्टल रहने छन् । कार्यक्रममार्फत नेपाली कलाको प्रतिनिधित्व गर्ने विभिन्न विधाका हस्तकला सामग्रीहरू प्रदर्शित गरिने छ । यसैगरी, ललितपुर–१६ को हस्तकला प्रवद्र्धन समितिबाट बौद्ध दर्शनअनुसार दश कर्ममा प्रयोग हुने गहना, जातीय पोशाक, स्थानीय सांस्कृतिक समितिबाट शास्त्रीय संगीत, चर्या नृत्य, अष्टमात्रिका नाच, कार्तिक नाच, लोकनृत्य तथा नेवारी परम्परागत धाः बाजा, दमोखि बाजा र नेपाल भाषाका लोकगीत प्रस्तुत गरिने कार्यक्रम छ ।

महासंघले कोरिया स्थित आइएमएकोको सहकार्यमा विशेष मुखौटा प्रदर्शनी पनि राख्ने जनाएको छ, जसमा नेपालका ६० र दक्षिण कोरियाका ४० वटा मुखौटा प्रदर्शित गरिनेछन् । दैनिक बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा आगन्तुकका लागि नेवारी मौलिक खाद्यपरिकारका तीन वटा स्टल पनि रहनेछन् ।

कार्यक्रमको उद्घाटन बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले मंसिर १७ गते दिउँसो १ बजे पाटन दरबार स्क्वायरको कार्तिक डबलीमा गर्नेछन् । प्रदर्शनी निःशुल्क प्रवेशयोग्य रहने महासंघले जनाएको छ । विश्व कला परिषद्बाट ‘कला नगरी’ घोषित पाटन दरबार स्क्वायरमा आयोजित यो प्रदर्शनीले स्थानीय हस्तकला र सांस्कृतिक पहिचान प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने
एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने
सौर्य एयर दुर्घटना: मृतकका परिवारले माग पूरा नभएसम्म शव नबुझ्ने
सौर्य एयर दुर्घटना: मृतकका परिवारले माग पूरा नभएसम्म शव नबुझ्ने
प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने कांग्रेसको निर्णय
प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने कांग्रेसको निर्णय
धर्मगुरु आचार्य श्रीनिवासलाई तत्काल रिहाइ गर्न माग
धर्मगुरु आचार्य श्रीनिवासलाई तत्काल रिहाइ गर्न माग
गृहमन्त्रीले राजीनामा नदिए संसद्लाई लडाइँको मैदानमा परिणत गर्छौँ : किराती
गृहमन्त्रीले राजीनामा नदिए संसद्लाई लडाइँको मैदानमा परिणत गर्छौँ : किराती
युवा सांसद–मन्त्रीलाई रविको आग्रहः पदमा रमाउने होइन, जिम्मेवार बन्नुस्
युवा सांसद–मन्त्रीलाई रविको आग्रहः पदमा रमाउने होइन, जिम्मेवार बन्नुस्
प्रधानमन्त्रीबाट धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास
प्रधानमन्त्रीबाट धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास
रास्वपाको मुस्ताङ जिल्ला समिति गठन
रास्वपाको मुस्ताङ जिल्ला समिति गठन
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पेट्रोल र डिजेलको मूल्य बढ्यो
अवैध बाटोबाट अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र
अवैध बाटोबाट अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र