पुस महिनाभित्र महाधिवेशन सम्भव, सबै युद्धस्तरमा लाग्नुपर्छः कांग्रेस नेता प्रदीप पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर १६, २०८२
|
|
३२ पटक हेरिएको
Shares
पुस महिनाभित्र महाधिवेशन सम्भव, सबै युद्धस्तरमा लाग्नुपर्छः कांग्रेस नेता प्रदीप पौडेल

सारांश

  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पुष महिनाभित्र महाधिवेशन सम्भव भएको भन्दै यसलाई सफल बनाउन पदाधिकारीसँगै सबै उत्तिकै जिम्मेवार बन्नुपर्ने टिप्पणी गरेका छन् ।
  • पार्टी बैठकको दोश्रो दिन नै आफूले यससम्बन्धी प्रस्ताव नै दर्ता गराएको भन्दै उनले डेढ महिना यसैको विवादमा समय खेर गएको भन्दै दुःख प्रकट गरेकाछन् ।
  • आफूलाई निर्णय भएलगत्तै धेरै नेता कार्यकर्ताले फोन गरेर महाधिवेशन यति छोटो समयमा कसरी हुन्छ भनेर शंसय व्यक्त गरेको प्रसंग कोट्याउँदै उनले आफूले सम्भव देखेरै विगतमा प्रस्ताव गरेको भन्दै अहिले केही समय ढिला भए पनि युद्धस्तरमा कार्य हुने हो भने महाधिवेशन सम्भव रहेको दोहोर्याए ।

 

१६ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पुष महिनाभित्र महाधिवेशन सम्भव भएको भन्दै यसलाई सफल बनाउन पदाधिकारीसँगै सबै उत्तिकै जिम्मेवार बन्नुपर्ने टिप्पणी गरेका छन् । पार्टी बैठकको दोश्रो दिन नै आफूले यससम्बन्धी प्रस्ताव नै दर्ता गराएको भन्दै उनले डेढ महिना यसैको विवादमा समय खेर गएको भन्दै दुःख प्रकट गरेकाछन् । आफूलाई निर्णय भएलगत्तै धेरै नेता कार्यकर्ताले फोन गरेर महाधिवेशन यति छोटो समयमा कसरी हुन्छ भनेर शंसय व्यक्त गरेको प्रसंग कोट्याउँदै उनले आफूले सम्भव देखेरै विगतमा प्रस्ताव गरेको भन्दै अहिले केही समय ढिला भए पनि युद्धस्तरमा कार्य हुने हो भने महाधिवेशन सम्भव रहेको दोहोर्याए ।

‘मैले कार्तिक ३० गते नै तालिका बनाएर अघि बढे महाधिवेशन सम्भव छ, बैठक लामो नचलाऔं बाँकी अवधिमा महाधिवेशन गर्न सकिन्छ भनेर प्रस्ताव लगेको थिएँ,’नेता पौडेलले भिडियो वक्तव्य जारी गर्दै भनेका छन्,‘तर यसलाई गम्भीर रुपमा लिन नसक्दा डेढ महिना अनावश्यक समय खेर फालियो ।’ केन्द्रीय सदस्य पौडेलले बैठकमा कार्यतालिकासहित पुष महिनाभित्र महाधिवेशन गर्न सकिने लिखित प्रस्ताव दर्ता गरेका थिए । पछि महामन्त्रीबाट समेत सोही अनुसार प्रस्ताव आएको भन्दै नेता पौडेलले भने,‘ पछि महामन्त्रीको प्रस्ताव पनि पुष भित्रै सम्पन्न गर्ने गरि आयो । तर, त्यतिबेला निर्णय हुन सकेन । त्यतिबेला निर्णय भएको भए समयको त्यति चाप पर्ने थिएन ।’

तोकिएकै मितिमा महाधिवेशन सम्भव भएको भन्दै नेता पौडेलले तर त्यसका लागि सबै युद्धमा जस्तै गरी काम गर्न तयार रहनुपर्ने बताए । महाधिवेशनका लागि सबैभन्दा महत्वपूर्ण पाटो सदस्यता नवीकरण र वितरण भएको भन्दै यसपालीको व्यवस्थाले विगतमा जस्तो विवाद र समय नलगाउने विश्वास गरे । ‘तर यो पटक धेरै सजिलो बनाइएको छ । सदस्य कसैले नवीकरण गर्न चाहेमा बन्चित हुने छैन । विधानले वर्जित गरेको बाहेक कसैको सदस्यस्ता वर्जित हुने छैन । वडा, जिल्ला, केन्द्र र डिजिटल्ली पनि नवीकरण हुने व्यवस्था मिलाइनेछ,’उनले भने,‘अब चाहने नेपाली नागरिकले सदस्यता पाउने स्थिति बनेको छ ।’

पार्टी प्रतिबद्धता पूरा गरेको अवस्थामा वडा, केन्द्र वा प्रविधिबाट सदस्यता दिइने भन्दै नेता पौडेलले चाहने सबैलाई उपलब्ध गराएर सबैका लागि काङ्ग्रेस खुला गराउने व्यवस्था गरिएको बताए । उनले विशेष महाधिवेशन माग गर्नेको पनि पहिलो प्राथमिकता नियमित महाधिवेशन भएकाले यसले ५४ प्रतिशत हस्ताक्षरकर्ताको समेत माग सम्बोधन हुने बताए । महाधिवेशनले पार्टीमा एकता कायम हुने र नीतिगत प्रष्टता समेत हुने भएकाले आगामी निर्वाचनमा पार्टीलाई लाभ हुने उनले बताए । ‘महाधिवेशनपछि पार्टीमा एकता कायम हुन सक्छ । नीतिगत रुपमा प्रष्ट भएर आउन सक्छ । जेनजी पुस्ताको विषय समेटेर धारणा ल्याउन सक्छ । पार्टीका सबै संरचना चलायमान हुन सक्छन् । सबै पक्षबाट प्रष्ट भएर अपिल गर्न सक्ने नेतृत्व आउन सक्छ । फागुन २१ को मतदानमा मत बढाउन सक्छ,’केन्द्रीय सदस्य पौडेलले भने । सबै मिलेर महाधिवेशन सम्पन्न गर्नुमा नै काङ्ग्रेसलाई लाभ हुने भन्दै नेता पौडेलले सक्रियताका साथ महाधिवेशन सम्पन्न गर्न सबै नेता कार्यकर्तालाई आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनसरी घटनाको प्रभाव : सिरहामा राजमार्ग अवरुद्ध, विराटनगरका विद्यालय बन्द
सुनसरी घटनाको प्रभाव : सिरहामा राजमार्ग अवरुद्ध, विराटनगरका विद्यालय बन्द
जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन राजावादीको अपिल
जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन राजावादीको अपिल
माओवादीपछि एमाले पनि मधेस सरकारबाट बाहिरियो
माओवादीपछि एमाले पनि मधेस सरकारबाट बाहिरियो
रामेछापको उमाकुण्डमा भाइरल फ्लुको संक्रमण हुँदा विद्यालय बन्द
रामेछापको उमाकुण्डमा भाइरल फ्लुको संक्रमण हुँदा विद्यालय बन्द
रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालय तोडफोड तथा गाडीमा आगजनी
रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालय तोडफोड तथा गाडीमा आगजनी
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
जनकपुरको निजी अस्पतालमा अनुगमन जारी, ४ अस्पताल बन्द
जनकपुरको निजी अस्पतालमा अनुगमन जारी, ४ अस्पताल बन्द
ढुक्क हुनुस् २०८३ चैत महिनामा फास्ट ट्रयाकमा गाडी गुड्छ : रक्षामन्त्रीको दाबी
ढुक्क हुनुस् २०८३ चैत महिनामा फास्ट ट्रयाकमा गाडी गुड्छ : रक्षामन्त्रीको दाबी
यु–१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज श्रीलङ्काको सामना गर्दै
यु–१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज श्रीलङ्काको सामना गर्दै
संघीय निजामती विधेयकबारे प्रचण्ड– समितिमा सहमति भएका विधेयकमा छेडखानी नहोस्
संघीय निजामती विधेयकबारे प्रचण्ड– समितिमा सहमति भएका विधेयकमा छेडखानी नहोस्