विराटनगरमा एमाले प्रतिनिधि छनोटमा विवाद, पर्शुराम बस्नेतमाथि हातपात

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १३, २०८२
|
|
१८ पटक हेरिएको
Shares
विराटनगरमा एमाले प्रतिनिधि छनोटमा विवाद, पर्शुराम बस्नेतमाथि हातपात

सारांश

  • नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विराटनगरमा एमाले नेता पर्शुराम बस्नेतमाथि हातपात भएको छ ।
  • शनिबार एमाले पार्टी कार्यालय पाञ्चालीमा मतदानस्थल बाहिर संस्थापन पक्षका नेता बस्नेतमाथि इतर समूहका कार्यकर्ताले हातपात गरेका हुन् ।
  • विवाद भएपछि केही समय रोकिएको मतदान पुन सुरु भएको छ ।

१३ मंसिर, विराटनगर ।

नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विराटनगरमा एमाले नेता पर्शुराम बस्नेतमाथि हातपात भएको छ ।शनिबार एमाले पार्टी कार्यालय पाञ्चालीमा मतदानस्थल बाहिर संस्थापन पक्षका नेता बस्नेतमाथि इतर समूहका कार्यकर्ताले हातपात गरेका हुन् । विवाद भएपछि केही समय रोकिएको मतदान पुन सुरु भएको छ ।

एमाले स्रोतका अनुसार वडा नम्बर १२ का एमाले वडाध्यक्ष भानुभक्त पाठकले एकजना व्यक्तिलाई मतदानका लागि लैजाने क्रममा विवाद भएको थियो । सोही क्रममा संस्थापन पक्षले पटक पटक एकै व्यक्ति किन जाने भन्दै विवाद भएको थियो । विवादका क्रममा विनोद ढकाल समूहका कार्यकर्ताले संस्थापन पक्षका नेता बस्नेतमाथि हातपात गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?