पत्रकार दीपेन्द्र खनियाँ मृत भेटिए
७ मंसिर, काठमाडौँ।
पत्रकार दीपेन्द्र खनियाँ घरैमा मृत अवस्थामा भेटिएका छन्। काठमाडौँको थापागाउँस्थित आफ्नै घरमा उनी आइतबार बिहान मृत फेला परेका हुन्। जिल्ला प्रहरी काठमाडौँ प्रहरी प्रवक्ता एवम् एसपी पवनकुमार भट्टराईले खनियाँ मृत अवस्थामा भेटिएको पुष्टि गरेका छन् ।
उनका अनुसार प्रहरीले घटनास्थलको मुचुल्का गरिससकेको छ। आवश्यक कानुनी प्रक्रिया सकेर शव पोस्टमार्टमका लागि अस्पताल पठाईदैछ। खनियाँ नयाँबानेश्वरस्थित चर्चित स्टेशन रेडियो अडियोका सञ्चालक पनि हुन् । पत्रकार खनियाँका श्रीमती र एक छोरी रहेका छन् ।





Post Comment